श्रीदेवीको मृत्युले अमिर खाँनलाई तनाव

२०७४ फाल्गुण १५ मंगलबार १४:५९:०० मा प्रकाशित

भारतीय रजतपटकी चर्चित कलकार श्रीदेवीको आकस्मिक मृत्युले कला क्षेत्र र दर्शकको ठूलो संसार नै चकित र विस्मित बनेको छ । उनको अभिनयसँग परिचित भारत र बाहिरका लाखौं दर्शक पनि यतिबेला खल्लो महसुस गरिरहेका छन् । कलाकारहरु त श्रीदेबीको आकस्मिक मृत्युको खबर अझै पनि झुटो भैदिओस् भन्नेसम्मको कामना गरिरहेका पाईन्छन् । यो शोकको समयमा कसले कसरी श्रीदेबीलाई सम्झिए त । पढौं उनीहरुको शोक प्रतिक्रिय–

गौरी मल्ल

 म श्रीदेवीको फिल्महरु हेरेर नै हुर्केकी हुँ । म पनि उनको एउटा ठूलो फ्यान हुँ । मेरो बुवा बित्नु भएको आज १३ दिन भयो त्यसैले मैले केही लेखेकी छैन । श्रीदेवीको यति चाँडै जाने उमेर त होइन तर उनी बितेको घटना मलाई एउटा सपना जस्तो लागिरहेछ । उनी एउटा सुन्दर रुपकी धनी   थिइन् । यसलाई अब जीवन हो जो आउँछ जान्छ भनेर मान्नु बाहेक हामीसँग अरु केही उपाय छैन । मैले उनको लम्हे भन्ने फिल्म कैयौं पटक हेरिसकेकी छु । उनलाई म सधंै सम्झिरहने छु ।  

प्रियंका चोपडा

श्रीदेवीप्रति श्रद्धाञ्जली अर्पण गर्न मसँग कुनै शब्द नै नभएको जस्तो भएको छ । मलाई ठूलो शोक परेको छ । 

रजनीकान्त

म आज एकदमै चकित भएको छु । मेरो मन खासै ठीक छैन ।  मैले आज एउटा असल साथी गुमाएको छु । मैले मात्र नभएर पुरै भारतीय फिल्म जगतले एउटा राम्रो कलाकार गुमाएको छ । उनी प्रति मेरो हार्दिक श्रद्धान्जली । 

माधुरी दीक्षित

बिहान उठ्ने बित्तिकै श्रीदेवीको बारेमा थाहा पाएँ, पत्याउनै गाह्रो भयो । मेरो दिमाग सिधै उनको परिवारतिर गयो । आज विश्वले नै एउटा राम्रो कलाकार गुमाएको छ ।  

मिथुन चक्रवर्ती

एउटा अर्को राम्रो कलाकार यति छिट्टै हामी माझबाट बिदा हुन्छिन् भन्ने मैले सोचेको पनि थिइन । उनीसँग काम गरेका केही त्यस्ता फिल्महरु छन् जसलाई म कहिले बिर्सन सक्दिन । हामी सबै तिमीलाई मिस गर्छौ चाँदनी । 

अक्षय कुमार

अझ पनि श्रीदेवी हामीबीच रहिनन् भनेर मलाई पत्यार लागेको छैन । धेरै पहिला मैले पनि उनीसँग अभिनय गर्ने मौका पाएको थिएँ । अब त्यो मेरो लागि सपना मात्र भयो । श्रीदेवीको निधन प्रति गहिरो दुःख व्यक्त गर्छु ।

आमिर खान 

म आज एकदमै टेन्स छु । मलाई यो कुरा पत्याउन नै गाह्रो भइरहेको छ । श्रीदेवीजीको म पहिला देखि नै एकदमै ठूलो फ्यान हुँ । उहाँको परिवारप्रति मेरो गहिरो श्रद्धान्जली छ । म्याम हामी सधंै तपाईंलाई सभ्झिरहने छौं ।
(यी प्रतिक्रियाहरु उनीहरुका ट्वीटबाट संकलन गरिएका हुन् ।)


 

ताजा खबर