श्रीदेबीका यी अविष्मरणीय फिल्म

२०७४ फाल्गुण १४ सोमबार १७:१९:०० मा प्रकाशित

काठमाडौं । आफ्नो ५० वर्ष लामो फिल्मी क्यारियरमा बलिउड अभिनेत्री श्रीदेवीले तामिल, तेलुगु, मलायालम, कन्नड र हिन्दी फिल्महरुमा अभिनय गरेकी छिन् । उनको अभिनयको विभिन्न शैलीलाई यी सबै भाषाका फिल्महरुमा देख्न पाईन्छ । केही फिल्ममा उनी चुलबुली देखिएकी छिन् भने केहीमा गम्भिर भूमिकामा देखिएकी छिन् । उनको पहिलो हिन्दी फिल्म ‘सोलवाँ सावन’ थियो जो खासै चलेको थिएन । यसपछि उनको हिम्मतवाली प्रदर्शन भयो । त्यसपछि श्रीदेवी हिन्दी फिल्मको स्टार बन्न   थालिन । यी हुन् श्रीदेवीका केही उत्कृट फिल्म -

हिम्मतवाला (१९८३)

यो फिल्म अभिनेत्री श्रीदेवीे रेखा एस. बन्दुकवालाको भुमिकामा देखिएकी छिन् । रेखा एकदमै बिग्रेकी घमण्डी किसिमको केटी थिई । श्रीदेवीले यस फिल्ममा आफ्नो अभिनय यति गहिराईमा गरेकी छिन् कि दर्शक उनको सौन्र्दयको दिवाना भएका थिए । यहींबाट हिन्दी फिल्म जगतले एउटा राम्रो कलाकार पाएको थियो । एउटा यस्ती नायिका जसको सपना सबैले देख्न सक्छ । फिल्ममा श्रीदेवीको अभिनयमा रेकर्ड भएका गीतहरु नैनौं मे सपना, लड्की नही हैं, ताकी ओ ताकी, वाह वाह खेल अहिले पनि सुपरहिट छन् । यही फिल्मबाट श्रीदेवी भारतीय दर्शकहरुको नायिका बनेकी थिइन ।  

नगीना (१९८६)

८० को दशकमा बलिउडमा नायकहरुको वाहवाही थियो, नायिकाहरुको लागि खासै अवसर थिएन । यस्तो विकट अवस्थामा श्रीदेवीले नायिका बनेर एउटा नायकको रुपमा आफ्नो पहिचान बनाइन । दर्शक उनको नाम सुनेकैभरमा पनि टिकट किन्न थाले । यसको काराण हो फिल्म नगीना जसमा उनी रजनी  नामको चरीत्रमा खेलिरहेकी थिइन् । यो बलिउडको बल्कबस्टर फिल्म सावित भएको थियो । यो फिल्म श्रीदेवी नागिनको भूमिकामा देखिएकी थिइन् । यसको लागि उनले आफ्नो आँखाको चाललाई अत्यधिक प्रयोग गरेकी थिइन् ।  

मि.इन्डिया (१९८७) 

फिल्मको नाम मिस्टर भएपनि मिस श्रीदेवी यो फिल्ममा हावी भएकी छिन् । फिल्ममा सिमा सोहनी नामको भूमिकामा उनी देखिएकी छिन् । यो फिल्ममा उनले आफ्नो अनेकन रुपहरु देख्न पाएकी थिइन् । फिल्ममा बच्चाहरुको धेरै दृश्य श्रीदेवीसँग नै छ । बच्चाहरुको बीचमा उनी पनि बच्चा नै देखिएकी छिन् । 

चादनी (१९८९)

भन्नलाई त फिल्म चाँदनीमा बिनोद खन्ना र ऋषि कपुर छन् भनिन्छ तर फिल्मको मुख्य ‘हिरो’ भनेको चाँदनी माथुर नै हो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित थियो जसमा दुबै नायकले श्रीदेवीलाई एकदमै मन पराउँछन् । फिल्मको धेरै जस्तो दृश्यमा श्रीदेवी साडीमा देखिएकी छिन् र पछि फिल्मले सफलता हात पारेपछि भारतीय बजारमा चाँदनीको साडीले बजार पिट्न थालेको थियो । हरेकलाई श्रीदेवीले लगाएको साडी नै चाहिन्थ्यो । 

मम (२०१७)

यो श्रीदेवीले अभिनय गरेको अन्तिम फिल्म थियो । फिल्म उनको मृत्यु भन्दा केही महिना अघि प्रदर्शनमा आएको थियो । देवकी सबरवाल आफ्नो छोरीको रक्षा गर्न के कस्तो कदम उठाउँछिन् भन्ने कुरा फिल्मले देखाएको छ । यस फिल्ममा पनि श्रीदेवीले सबैको मन जित्ने खालको भूमिका गरेकी छिन् । एजेन्सीको सहयोगमा

ताजा खबर