‘कांग्रेसमा टिकट लिनेहरुले किनेका थिए अनि टिकट दिनेहरुले बेचेका थिए’

संविधानसभाले बनाएको संविधान अनुसार प्रदेशसभाको निर्वाचन भई जनमतकै आधारमा सरकार गठन भइसकेको छ र ६७ वर्ष अघि नेपाली कांग्रेसले परिकल्पना गरेको जस्तो प्रजातन्त्र साँच्चै नै स्थापित भएको देखिन्छ । कांग्रेसले अंगिकार गरेको संवैधानिक राजतन्त्र त अब छैन । बरिष्ठ नेताको हैसियतले यो राजनीतिक बिकासलाई कसरी हेर्नुभएको छ ? 

अहिलेको परिस्थितिमा जे भइरहेको छ, त्यसलाई हुँदैहोइन भनेर भन्न गाह्रो छ । किनभने यो बीचमा जुन ढंगले प्रजातान्त्रिक गतिविधिहरु हुनुपर्थ्यो त्यो गतिविधि त्यस ढंगले भएन । कहिले जातीयताको आधारमा भयो । कहिले एउटा सानो जत्थाले जे मन लाग्यो त्यहि बोल्ने भयो । त्यसले गर्दा स्थायी रुपले स्थायी ढंगले संचालन हुने किसिमको आन्दोलन कहिले पनि नेपालमा भएको छैन । जो २००७ सालमा भयो त्यो स्थायी थियो र त्यो आवश्यक्ता थियो । त्यहाँभन्दा पछाडिका जेजति सानातिना आन्दोलनहरु भए, ती स्थायी पनि होइनन् र तिनीहरुले प्राप्त गरेका कुराहरु स्थायी पनि हुँदैनथ्यो । अहिले संविधान बन्यो तर संविधान बन्नु र घोषणा हुनुभन्दा अगाडि नै त्यसमा संशोधन हुनुपर्छ भनेर भन्दाभन्दै संशोधन नभईकन संविधान जारी भयो । त्यसबाट के भयो भने त्यहाँ त्रुटी त छ । संविधानविद्हरुले संविधान बनाउन जानेहरुले त्रुटीलाई नसच्याईकन बल मिचाई ढंगले संविधान निस्केको छ ।

अहिले सबै त्यो संधिानलाई तुरुन्तातुरुन्तै संविधान निस्किसकेको छैन संशोधन गर्नुपर्छ भनिरहेको छ । संशोधन गर्नुपर्छ भनिरहँदा यसमा थुप्रै कुराहरु छन् । त्यो थुप्रै कुराहरु कसैले पनि राम्रोसँग व्यख्या गरिरहेको छैन र त्यो अहिले व्याख्या गर्दैनन् पनि । त्यो व्याख्या गरेको खण्डमा स्पष्ट कुरा आउने थियो नि । यहाँ स्पष्ट कुरा नै भन्दैनन् । स्पष्ट कुरा नै छैन । सबैजनाले यो होइन त्यो होइन भनेका छन् । कसैले प्रान्त त कसैले जिल्लालाई लिएर भनेको छ । एउटा वर्गलाई लिएर भनेको छ । यो वर्गीय राजनीति जुन ढंगले चलेर गइरहेको छ । यसले भविष्यमा कति राम्रो गर्छ कति राम्रो गर्दैन त्यो भविष्यकै गर्वमा छ । तर यो वीचवीचमा जसजसले जुनजुन किसिमका आन्दोलन गरे ती आन्दोलनहरु क्षणिक हुन् । २००७ साल भन्दा पछाडिका आन्दोलनहरु एकदमै क्षणिक हुन् । तर देशमा साँचो प्रजातन्त्र आउनको निमित्त   २००७ साल र २०१८ साल बाहेक अरु आन्दोलनले केही गरेको छैन । यो स्पष्ट छ । २०१७ साल पछाडि नेपाली कांग्रेस देखि बाहेक अरु कसैले यो देशमा यो पञ्चायत ठीक छैन है भनेर आन्दोलन शुरुवात कसैले पनि गरेन । साँच्चै भनुँभने देखि धेरै प्रजातन्त्रवादी भन्नेहरुले राजालाई समर्थन गरेर बसेका थिए । तर पञ्चायतमा तीस वर्ष राजनीति गर्ने मान्छेहरुले पञ्चायत पार्टी त खोल्न सकेनन् । 

२००७ सालमा आएको प्रजातन्त्र दुई चोटी खोसियो , अहिले यसलाई कसरी हेर्नुभएको छ ? अब के त यो प्रजातन्त्र दिगो होला ?

अब यो प्रजातन्त्र स्थायी होस् भन्ने हाम्रो कामना हो । प्रजातन्त्र स्थायी भयो भनेमात्र देश बिकास हुन्छ । तर अहिले पनि यसलाई स्थायीत्व दिने पक्षमा धेरै मान्छेहरु छैनन् । तर भन्दैनन् । किनभने साँचो किसिमले एउटा दर्शन दिनुपर्छ भन्ने खालका पक्षका मान्छेहरु तयार छैनन् । यिनीहरुसँग दर्शन नै तयार छैन । त्यो दर्शन दिन नसकेको कारणबाट के हुन्छ सबैकुराहरु अस्थायी हुन्छ । कम्युनिष्टहरुले झापामा टाउको काट्ने आन्दोलन गरे, त्यो स्थायी भएन । माओवादीले पनि आन्दोलन गर्यो तर अन्तिममा त्यसको जुन अन्त्य भयो त्यो स्थायी भएर भयो त, भएन । अहिले पनि प्रजातन्त्रको निमित्तमा मानिसहरु जो अगाडि लागेर गर्छन् भन्छन् त्यो पनि स्थायी नै हो भनेर उनीहरु भन्न सक्दैनन् । एउटा निर्दिष्ट राजनीतिलाई लिएर कसैले पनि नेपालमा राजनीति गरिरहेको छैन । माओवादीले जो गर्यो त्यसका विभिन्न हाँगाहरु छन् । विभिन्न पक्षहरु र बिषयहरु छन् । त्यो कसैले पनि अहिले खुल्ला रुपमा भन्दैन । जसले त्यसलाई संचालन गर्यो उसैले पनि भन्न सकेको छैन । यो किनभने त्यसबेलामा भएका विभिन्न घटनाहरु अगाडि त आए तर यो निश्चित रुपमा यो हो भनेर व्यख्या कसैले पनि गरेको छैन । ती घटनाहरु आएका छन् । यसमा यसको संलग्नता छ भन्ने कुरा थाहा छ तर त्यसलाई कसैले पनि व्याख्या गर्न सकेका छैनन् र व्याख्या गर्दैनन् । जोसँग सम्बन्धित छ त्यो सम्वन्धित मान्छेले पनि व्याख्या गर्दैन । अहिलेको राजनीति घुलमिलमा एकदमै धमिलो धमिलो र धमिलो मात्रै छ । यसलाई  सँग्लो बनाउने कोशिस कसैले पनि गरेको छैन । 

कांग्रेसले २००७, २०४६ र २०६३ सालको आन्दोलनलाई पनि नेतृत्व गर्यो । नयाँ संविधान पनि कांग्रेसकै नेतृत्वमा आयो । चुनाव गरेर अझ २०७२ सालमा संविधान सभाको सफल कार्यकाल पनि कांग्रेस कै नेतृत्वमा भयो । तर संविधान कार्यान्वयनमा आउँदा नआउँदा नेपाली कांग्रेस  चुनाव पनि हार्यो र जनताबाट अस्वीकृत पनि भयो, यसलाई कसरी लिनुभएको छ ?  

नेपाली कांग्रेसले धेरै चोटी मौका पाएको हो । २००७ सालमा मौका पायो तर राजाले त्यसलाई त्यस ढंगले चल्न दिएनन् । त्यसपछि २०१५ सालमा पनि नेपाली कांग्रेसले मौका पायो र जुन ढंगले उसले संचालन गर्न लागिरहेको थियो त्यसलाई राजाले पूरै आफू वाधक भएर त्यसलाई अगाडि बढ्न दिएनन् । यदी २०१५ सालको चुनावलाई नै सहि, २०१५ सालको संविधानलाई नै सहि । त्यो राजाले दिएको संविधान हो । त्यो राजाले नै संसदको लागि गराएको चुनाव हो । त्यो चुनावलाई मानेर गर्छु भन्दा पनि नेपाली कांग्रेसलाई विपि कोइरालालाई राजाले गर्न दिएनन् । त्यसबेलाको ठूलो वाधक राजा नै हो । देशको निम्तिमा आफंैले संविधान दिएर अनि आफैंले संसदको लागि चुनाव गराउँछु भनेर गराएर त्यसलाई पनि नेपालका राजनीतिज्ञहरुले स्वीकार गर्दा अथवा धेरै भन्दा धेरै विपि कोइरालाले त्यसलाई पनि स्वीकार गरेर चुनाव लडेर अनि सरकार बनाउँदा पनि राजाले त्यसलाई अगाडि बड्न दिएनन् । नेपालको इतिहासमा यो सबैभन्दा ठूलो ‘सेटब्याक’ हो ।

त्यसपछि त कहिले पनि राम्रो किसिमको राजनीतिज्ञहरुले राजनीतिलाई संचालन गरेकै छैन । आठ वर्षभित्र विपि कोइराला जेल भित्र बस्दा जे जति नेपालमा प्रयोगहरु भए ती प्रयोगहरु काम नलाग्ने भए । किनभने २०४६ सालको जनआन्दोलन पछाडि कुनै पनि त्यो अवधिमा जन्मेका पार्टीहरु पञ्चायत पार्टी हो । त्यो पञ्चायत पार्टी पनि त खडा गर्न सकेको भए अहिलेसम्म दिएको केही राजनीति कुराहरु यसले ल्यायो है भन्ने हुन्थ्यो, त्यो पनि थिएन । त्यो खडा उसले गर्न सकेन । त्यो २०१७ साल देखि लिएर २०४७ सम्ममा राजनीतिमा के भयो त नेपालमा केही छ । केही पनि छैन । त्यसपछि पछाडि माओवादीले आन्दोलन गर्यो । तर कतिबेला गर्यो ।

त्योबेलामा संसदमा प्रतिनिधि छ र उसले जुन आन्दोलन गर्यो त्यो आन्दोलन गर्दा नेपालमा २०४६ सालमा लेखिएको संविधान छ । त्यो पनि राजाले मात्रै दिएको संविधान होइन त्यहाँ धेरै कम्युनिष्टहरु बसेका छन् । आफैंले बनाएको संविधानलाई उनीहरुले त्यसलाई घोषणा गर्दा के भनेका छन् भने आलोचनात्मक सर्मथन भनेका छन् । कि इन्कार गर्नुपर्थ्यो, होइन यो गर्न सकिंदैन भनेर भन्नुपर्थ्यो । तर उनीहरु त्यहाँ बसे बनाए र उनीहरुले के भने त भन्दा आलोचनात्मक समर्थन  भने । त्यो त केवल मान्छेहरुलाई भुलाउने शब्द मात्र हो नि । उनीहरुले त्यसलाई कहिले पनि राम्रोसँगले व्याख्या पनि गरेनन् र राम्रोसँगले यो हो पनि भनेनन् । आफू त बनाउन बसे र यसको श्रेय जतिसुकै भनेपनि त्यो संविधान राम्रो थियो थिएन भविष्यले बताउला तर यसको श्रेय विश्वनाथ उपाध्याय र कृष्णप्रसाद भट्टराईलाई नै जान्छ । भोलि कुनैदिन यसको विवेचना भयो भने यो पनि एउटा संविधान थियो भनिन्छ । मलाई लाग्छ त्यो नहुन सक्छ । २०४७ को संविधान धेरै नै उपयुक्त थियो ।

  कांग्रेसले हालैको चुनाव नराम्रो तरिकाले हार्यो, यो चुनाव हार्नुका कारणहरु के के हुन त ?

एउटा त नेपाली कांग्रेसका केन्द्र स्तरमा पुगेका केन्द्रीय नेताहरुको राजनीतिक सुझबुझ नभएर । दोस्रो, म पनि एकचोटी त्यो ठाउँमा पुगे अथवा टिकट दिने ठाउँमा पुगें तर मलाई थाहा भएन । पछिबाट मैले सुनें ती टिकेटवालाहरु बेचिएका थिए किनिएका थिए । टिकट लिनेहरुले किनेका थिए अनि टिकट दिनेहरुले बेचेका थिए । म त्यो संसदीय समितिको सचिव हुँ । तर मलाई थाहा भएन । मैले टिकट बेचिएको थियो भनेर पछिबाट सुनें । यो २०६४ सालको कुरा हो । त्यसपछि सम्पूर्ण नेपाली कांग्रेसको राजनीतिमा किनवेच ठेक्कापट्टाको काम कारवाही चल्यो । यो सबैले भन्छन् मलाई अझ पनि स्पष्ट छैन । कसले कसले किन्यो कसले कसले किनेन तर किन्ने मान्छेले सुनाउनेलाई यो कुरा सुनाएको छ । यो कहाँसम्म सत्य हो भविष्यले बताउला ।

  स्थानीय निकायमा मेयर गाउपालिकाका प्रमुखहरु कुन कति प्रतिशत ठेकेदारहरु आएका छन् रे त्यसमा कांग्रेसका सबैभन्दा धेरै छन् रे ।
नेपाली कांग्रेसमा नीति नियममा कामहरु त हुँदै भएन । नीति सहित हामी चुनावमा जानुपर्छ । नीतिसहित नै हामीहरुले कामकारवाही गर्नुपर्छ भन्ने कुराहरुको सुझबुझ नै भएन ।   प्रधानमन्त्री बन्न शेरबहादुर देउवालाई मात्रै हतार लाग्ने कुरा होइन । नेपाली कांग्रेसका धेरै नेताहरु सत्तामा पुग्न हतारमा छन् । त्यहि कारणले गर्दा नेपाली कांग्रेसमा राजनीतिक र सैद्धान्तिक सुझबुझ हराउँदै गएको छ । राजनीतिक सुझबुझ नै छैन भने के को नैतिकता हुन्छ !

तपाईंलाई यसपाली पार्टीले टिकट दिएन, समानुपातिकमा पनि राखेन । तपाईं कमसेकम राष्ट्रिय सभामा त चाहिने हो त्यो पनि राखेन, किन होला ? 

मान्छेहरुले समानुपातिकमा राख्नुपर्ने हो भनेर भन्छन् र राष्ट्रिय सभामा पनि राख्नुपर्ने हो भनेर मान्छेले भन्छन् तर यो सबै नराख्नुको पछाडि अहिले केन्द्रीय स्तरमा पुगेका नेताहरु यसमा जिम्मेवार छन् । मलाई राख्नु नराख्नुमा उनीहरुको विवेकको कुरा पनि हो । उनीहरुका विवेकले राख्न चाहेका वा उनीहरुको विवेकलाई मेरो आवश्यकता नै नभएको उनीहरुलाई लाग्यो होला । त्यतिमात्र होइन समानुपातिकमा मान्छेहरु तीनपटकसम्म दोहोरिएर आएका छन् । म २०६४ सालमा जितेर आएको मान्छे हो । यसैपाली मात्र हो म समानुपातिकमा आएको । तर तीन तीन पटक दोहोराएर दिँदा मलाई दिनु पर्दैन भन्ने खालको उनीहरुको विवेकमा लाग्यो होला । त्यहाँ पनि किनवेचको कुरा आयो या हाम्रो मान्छे होइन राम्रा मान्छे होइन हाम्रा मान्छे भन्ने चाहियो होला । अहिलेको उक्ति के छ भने राम्रा मान्छे होइन हाम्रा मान्छे चाहिन्छ रे भन्ने सुनेको हो ।   त्यहाँ म भन्दा राम्रो आए होलान् !

नेपाली कांग्रेसको पराजय नेतृत्वको कारण भयो, उहाँहरुलाई सुझबुझ छैन तर अब पार्टीको गलत नीतिको कारण भएको हो भने यसलाई सच्याउने काम हुन्छ त ?

एउटा आशावादी कुरा के छ भने विपि कोइरालाले आफ्नो लेखमा के लेखेर गएका छन् भने – ‘नेपाली कांग्रेसले सत्ताको लोभ जब गर्न थाल्छ नेपाली कांग्रेस बिग्रिएर जान्छ । सत्तामा जाँदै गर्दा राम्रा राम्रा सुकिलामुकिला बोली मीठा भएका मान्छेहरु पुग्छन् र त्यो बेलामा नेपाली कांग्रेस सकिन्छ । तर त्यसपछि पछाडि आउने कांग्रेसहरुले फेरि नेपाली कांग्रेसलाई बिउँताउनु पर्नेछ र मलाई आशा छ त्यो फेरि दिन आउँछ ’ भनेर भनेका छन् । त्यसले गर्दा म विपिसँगै बसेर काम गरेको मान्छे हुनाले म त्यत्रो आशावादी त छैन तर विपिले भनेका दुईचारवटा कुराहरु मेरो जीवनमा नै पुगेको छ । त्यसले गर्दा म यसमा आशावादी छु । 
अहिले नेतृत्व भएन भन्ने कुराहरु उठिरहेका छन्  र नेतृत्वको बिरोध व्यापक रुपमा भइरहेका छन् । के भन्नुहुन्छ ? 

नेतृत्वको कमी कमजोरी भएको कुरा साँचो हो । तर यो बेलामा नेतृत्वलाई सल्लाह दिने त उनीहरु पनि थिए नि । आज जो जो कराईरहेका छन् चाहे रामचन्द्र पौडेल हुन् चाहे प्रकाशमान् हुन् या रामशरण हुन् या प्रकाश शरण हुन् । यी सबैले त्यो बेलामा यो हुँदैन भनेर भन्न सकेको भए त्यति धेरै नोक्सान हुने थिएन कि ! मेरो एउटा उदाहरण लिँदाखेरी इलाम नगरपालिकाको चुनावको बेलामा मैले जुन व्याख्या गरें उनीहरुलाई भन्दा त्यो बेला सँगै बसेका मान्छेहरुले सभापतिले यो कुरा दिइसक्नु भएको छ त्यसले गर्दा यहि हुनुपर्छ भनेका छन् । मेरै सामने भनेका छन् । जबकी इलाममा निरीक्षण गर्दा पनि त्यो कुरा भनेको छैन । त्यो फलानोले हार्छ भनेको छ । उनीहरुको हातमा त्यो सर्भे पेपरहरु छन् मेरो हातमा त छैन । मैले त्यो सर्भे पेपर देखेको पनि थिइन । मैले त्यो सर्भे पेपरलाई तिमीहरुको हातमा छ तिमीहरुले पढिरहेका छौं भन न त भन्दा उनीहरु पढ्छन् त्यो कुरा । जुन मान्छेलाई टिकट दिईएको छ उ हार्छ भनेर लेखिएको छ तर उनीहरु त्यसलाई नै दिनुपर्छ भन्छन् । उनीहरुले जसले बिरोध गरिरहेका छन् । नेतृत्व कमी हो भन्छन् त्यो उनीहरुले नै भनेका हुन । त्यसले गर्दा नेतृत्वको कमी कमजोरीले मात्र भनेर भन्न यो परिस्थितिमा र यो जमातमा त्यति धेरै भन्न मिल्दैन । 

कांग्रेस अहिलेको अवस्थामा आईपुग्नुमा कारण के हो त ? 

एक त संविधान बनाउनु भन्दा अगाडि नेपाली कांग्रेससँग तागत थियो । नेपाली कांग्रेसले आफ्नो ढंगले अडान कहिलेपनि नलिएको कारणबाट संविधान जस्तो बन्नु पर्ने थियो बनेन होला भन्ने बुद्धिजिवीहरुको भनाई छ । दोस्रो कुरा चुनाव गराउनु भन्दा अगाडि नेपाली कांग्रेससँग सबैकुरा थियो तर नेपाली कांग्रेसको नेतृत्वमा बसेका मान्छेहरुको सुझबुझ नभएको कारणले नै यो कुराहरु भएको हो । पार्टीको सिद्धान्त दर्शन आदर्श हामीले भुलेका हौं भन्ने खालको कुराहरु उनीहरु कहिले पनि सोच्दैनन् अथवा उनीहरुले पार्टीलाई प्रथामिकता दिँदै दिँदैनन् । उनीहरु व्यक्तिलाई मात्रै प्राथमिकता दिन्छन् । यसमा  अति धेरै स्वार्थ छ । 

नेपाली कांग्रेस चुनाव हार्नुको कारण नाकावन्दी पनि हो भन्छन्, यसमा के भन्नुहुन्छ ? 

भारतले नेपालमा नाकावन्दी जतिबेला चाहे पनि गर्नसक्छ । त्यसको निम्ति नेपालमा बसेका बुद्धिजिवीहरु र नेतृत्व पंक्तिमा बसेका नेताहरुले सधैंभरी सोच्नुपर्छ । त्यो कहिले पनि सोचेको छैन । सानो भन्दा सानो एउटा प्रोजेक्ट ल्याउनु पर्दा पनि उसले त्यो कुरा सोच्दैन । त्यो एउटा ठूलो गल्ती हो । तेस्रो हामी भूपरिवेष्टिक देश हो भन्ने खालको कुरा हाम्रो नेताहरुले शुरु देखिनै सोच्नु पर्ने हो । जस्तो विपिले शुरु देखि नै सोचेर आएका थिए । त्यसपछिका नेतृत्वमा बसेका मान्छेहरुले धेरै भन्दा धेरै आफू कसरी लोकप्रिय हुने । बाहिर या भित्रबाट देश बिकास गर्नुपर्छ र देश बिकासबाट लोकप्रिय होइन्छ भन्ने खालको सोच्दै नसोचेको र पैसा मात्र कमाउने ध्याउन्नमा मात्र लागेको हुनाले यो काम भएको हो । 

कांगे्रसले यो कुरा सत्य हो भन्ने कुरा उसको दिमागमा नै आउँदैन । सत्य यो हो है भनेर २००७ सालमा विपि कोइरालाले गणेशमान सिंहले र सुवर्ण शम्सेरले भनेका हुन् । त्यसलाई राम्रोसँगले व्यख्या गरेर अगाडि जानुपथ्र्यो । विपिले व्याख्या नै गर्न पाएनन् । उनी त थुनिएका थुनिए नै भए अनि केही कुराहरु गर्न पनि पाएनन् । त्यसपछि राजा महेन्द्रले जुन ढंगले गरेर गए । यो कुरा कसैलाई सुनाउन नै दिईएन, भन्न नै दिइएन । अरु पार्टीहरुले गरेकै नै छैन अनि कहाँबाट गर्छ त । २००७ सालमा यिनीहरु यतिसम्म नै आइसकेका थिएनन् ।   भद्रअवज्ञा आन्दोलनमा यिनीहरु नेपाली कांग्रेसमा आउन खोजेको नेपाली कांग्रेसले उसलाई लिएन । २०१५ सालको चुनावमा यिनीहरु   चारजना मात्र आएका थिए । २०४६ साल पछाडि नेपाली कांग्रेसका नेताहरुको बुद्धि बिग्रिएको हुनाले यिनीहरु यहाँसम्म आए । यसको व्याख्या पछाडि गरुँला ।  
(नेपाली कांग्रेसका ज्येष्ठ नेता गुरुङ्गले दि राइजिङ्ग नेपाललाई दिएको अन्तर्वार्ताको नेपाली अनुवाद)


 
  


 

ताजा खबर