विषकन्या बन्दै मिनिषा लाम्बा

२०७४ फाल्गुण ९ बुधबार १३:१७:०० मा प्रकाशित

मुम्बई । एकातिर टिभी सिरियलमा काम गर्ने कलाकारहरु बलिउडमा जम्ने तयारी गरिरहेका छन् भने अर्कोतर्फ बलिउडका कलाकारहरु टेलिभिजन सिरियलमा आफना रुची देखाइरहेका छन् । अब यो लिस्टमा बलिउड नायिका मिनिषा लाम्बाको नाम पनि जोडिएको छ । मिनिषा धेरै समय देखि बलिउडमा पनि खासै देखिएकी छैनन् । धेरैपछि पर्दामा फर्किन लागेकी लाम्बाले बलिउडलाई भन्दा टिभी सिरियललाई नै रोजेकी छिन् । 

क्युट मिनिषाको टिभीमा एउटा नेगेटिभ भुमिकामा देखिदैछिन् । यो सिरियल सासु–बुहारीको कथा नभएर उनी सब टिभीको ‘तेनालीराम’ मा देखिदैछिन् । यसमा उनी वैम्प बन्दैछिन । यो हास्य बिद्यामा आधारित सिरियलमा तेनाली राम को अनेकन कुराहरु बताइन्छ । यसमा मिनिषा ‘विषकन्या’को भुमिकामा गर्दैछिन् ।

मिनिषाले एक भारतीय संचारमाध्यमलाई  सिरियलमा आफनो भुमिका  एकदमै रहस्य वर्दक रहेको र टिभीमा देखिनको लागि अहिले यो समय एकदमै ठिक भएको हुनाले पनि आफु बलिउड तिर नगएर टिभीतिर लागेकी बताएकी छिन् । एजेन्सीको सहयोग

ताजा खबर