फिल्म नपाएर मोडलिङमा जम्दै अमिषा

२०७४ फाल्गुण ७ सोमबार १७:०१:०० मा प्रकाशित

मुम्बई । बलिउडमा आफनो पहिलो फिल्म ‘कहो ना प्यार है’ बाट एकाएक हिट भएकी नायिका हुन अमिषा पटेल । अहिले उनले आफना केही हट फोटोहरु इन्सटाग्राममा शेयर गरेकी छिन् । यी फोटोहरुमा उनी एकदमै बोल्ड देखिएकी छिन् । इन्सटाग्राममा फोटो शेयर गर्दै उनले लेखेकी छिन्, २०१३ सालमा प्रर्दशन भएको फिल्म ‘सार्किट रोमियोमा’ उनी अन्तिम पटक देखिएकी थिइन । उनको प्रर्दशनमा आउन लागेको फिल्म ‘भैयाजी सुपरहिट’ र ‘देसी म्याजिक’ यही वर्ष प्रर्दशन हुनेछ ।

अमिषाले आफनो पढाई कैथे्रडल एण्ड जोन केनन स्कुलबाट सकेकी थिइन । यसपछि उनी १९९२ मा टफ्टस विश्वबिद्यालयमा अर्थशास्त्र पढाईको लागि मैसाचुसेट् गईन । यहीबाट अमिषाले अर्थशास्त्रमा गोल्ड मेडल प्राप्त गरेकी थिइन । अमिषा सानो उमेरबाट नै पढाईमा एकदमै तेज थिइन । 

उनले ‘कहो ना प्यार है’ जस्ता हिट फिल्मबाट आफनो फिल्मी क्यारियर शुरु गरेकी थिइन । यसपछि २००१ मा फिल्म ‘गदर’, ‘क्या यही प्यार है’, ‘हमराज’, ‘भुल–भुलैया’, ‘रेस–२’ लगाएतका फिल्महरुमा उनले काम गरिन् । अहिले उनीसँग खासै नाम चलेको फिल्महरु छैनन् तर उनकोे धेरै फोटोसुटहरुमा भने उनी आफनो रुपको जादु देखाउन सफल भइरहेकी छिन् । एजेन्सीको सहयोग   

ताजा खबर