कुञ्ज थियटरको उद्घाटन ‘म्याड म्यान्स डायरी‘ बाट

२०७४ फाल्गुण ७ सोमबार १३:३२:०० मा प्रकाशित

काठमाडौं,७ फागुन । घोष्ट राईटिङ नेपाल र कुञ्ज थियटरको संयुक्त सहकार्यमा उनाइसौं शताब्दीका विश्वप्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘म्याड म्यान्स डायरी’ कथा यही आउदो फागनु ८ गतेबाट कुञ्ज थियटरमा मञ्चन हुँदैछ । कुञ्ज थियटरले यही नाटकबाट आफ्नो नाटकघरको उद्घाटन   गर्दैछ । नाटक नियमित रुपमा ९ दिन ( फागुन १७ गते सम्म) मञ्चन हुनेछ । 

चे शंकरको निर्देशनमा सुदाम सिकेले अभिनय गर्दैछन् । त्यतिबेलाको समयमा जनतामा सामाजिक, राजनीतिक चेतना विकास गर्न सफल कथा अहिले हाम्रो लागि पनि उत्तिकै सान्दर्भिक छ । नाटकले हामी सर्वसाधारण मानिसहरु राज्य, कानुन, सँस्कृतिबाट कसरी प्रताडित भएका छौं ? मान्छेको मासु नखाए पनि सर्वसाधारण मानिसहरुलाई उनीहरुको दैनिकी चलाउन तथा उनीहरुको स्वतन्त्र हुने कुरामा देखिने र नदेखिने गरी कसरी दमन गरिरहेका हुन्छन् ? मान्छेको मासु खाने कुरालाई आम जनताहरु कसरी व्यवस्था, कानुन र यी चलाउने मान्छेहरुबाट दमित छन् ? भन्ने कुरा नाटकमा प्रतिकात्मक रुपमा प्रयोग गरिएको छ । 

अहिलेको समयमा मानिसहरुमा मानवता हराउँदै गएको, व्यक्तिबादी सोँच हावी भएको र समाजले बेग्लै रंग लिइरहेको बेला यो नाटक हुनुले धेरै अर्थ राख्नेछ । 

चे ले यस अघि इलुजन, कोही किन बर्बाद होस्, एनिग्मा, लुक ब्याक इन एङगर र एकलव्यको अन्तिम टेक निर्देशन गरिसकेका छन् । 
नाटक हरेक दिन ठीक ५ बजे मञ्चन हुनेछ । 

ताजा खबर