बलिउड नायिका दीपिका नेपाल आउँदै

२०७४ फाल्गुण ६ आइतबार १२:२९:०० मा प्रकाशित

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण नेपाल आउने भएकी छिन् ।  फिल्म ‘रानी’ को सुटिङका लागि उनी नेपाल आउने लागेकी हुन ।   उनको साथमा अभिनेता इरफान खान पनि हुनेछन् । फिल्ममा दीपिकाको पतिको भूमिकामा इरफान खान देखिँदैछन् । उनी ग्याङ्गस्टारकै भूमिकामा छन् । दीपिका फिल्मको मुख्य पात्र सपना दिदीको भूमिकामा देखिनेछिन् । आफनो अभियनलाई मौलिकता दिन दीपिका अहिले डनको भाषा सिकिरहेकी छिन् ।

विशाल भारद्धाजले निर्देशन गर्ने उक्त फिल्मलाई विशाल भारद्धाज पिक्चर्स, क्रियर्ज इन्टरटेन्मेन्ट र टी सिरिजले मिलेर बनाउन लागेका हुन् । नेपालको कुन स्थानमा फिल्म छायांकन गरिने हो त्यो भने खुलाइएको छैन । इरफान र दीपिकाले यस अघि ‘पिकु’ फिल्ममा काम गरेका थिए ।

फिल्म आगामी अक्टोरमा प्रदर्शनमा आउने अपेक्षा छ । एजेन्सीको सहयोगमा 
 

ताजा खबर