‘महाभारत’ पढ्दै साहरुख

२०७४ असार १३ मंगलबार १२:०३:०० मा प्रकाशित

काठमाडौ, (एजेन्सी) १३ असार । बलिउड सुपरस्टार साहरुख खान अहिले महाभारत अध्ययनमा ब्यस्त छन् । महाभारतमा आधारित चलचित्र बनाउने तयारीमा रहेका साहरुखले  डेढ वर्षदेखि महाभारत अध्ययन गरिरहेको बताए ।

‘डेढ वर्षदेखि महाभारत पढ्दै आएको छु । यसमा उल्लेख गरेका कहानी सुन्दा निकै रमाइलो लागेको छ ।’ साहरुखले इदको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भनेका छन् । आफुले सबै धर्मप्रति सम्मान गर्ने गरेको भन्दै आफ्ना बच्चाहरुलाई पनि सबै धर्ममा समान भाव जगाउन सघाउने उनको भनाई थियो ।

‘म मात्रै होइना, हामी सबैले सवै धर्मप्रति सम्मान भाव ब्यक्त गर्नुपर्छ ।’ साहरुखले भने । तीन बच्चाका पिता रहेका साहरुखले यसै वर्ष बलिउड चलचित्रमा २५ वर्ष पुरा गरेकोमा उत्सव मनाएका थिए ।

ताजा खबर