बालुवाटारको बैठक कक्ष परिवर्तन गरे नवनियुक्त प्रधानमन्त्रीलाई शुभ हुने 

२०७४ फाल्गुण ५ शनिबार २१:२७:०० मा प्रकाशित

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्री ओली आईतबार अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडेका थिए ।

ओली यो दोस्रो पटक बालुवाटार प्रवेश गर्दैछन् भने देउवा चौथो पटक बालुवाटार बसेर बुढानिलकण्ठस्थित दरबारमा सरेका छन् । ओली भक्तपुरको बालकोटमा रहेको उनको दरबारबाट बालुवाटार सर्दैछन् ।

कुनैपनि पार्टीको सरकारले पुरा समय शासन गर्न नपाएको नेपालको राजनीतिको विश्लेषण गर्दै एक ज्योतिषीले भनेका छन् - 'अस्थिरताका अनेक कारण होलान् तर बालुवाटारको अमिल्दो वास्तु पनि एक प्रमुख कारण हो ।'

 उनले बालुवाटारको बैठक कक्ष नै बास्तु नमिलाईकन निर्माण गरिएकाले त्यहाँ बस्ने कुनै पनि बैठक र छलफल निष्कर्षमा नपुग्ने र पुगिहाले पनि स्थायी नहुने शनिबार सरल पत्रिकासँग कुरा गर्दै बताए । नाम उल्लेख गर्न नचाहने ती ज्योतिषीका अनुसार, नवनियुक्त प्रधानमन्त्री ओलीले बालुवाटार सर्दा शुभ साईतका नाममा कुनै पनि किसिमको बली नदिनु नै उनका लागि लाभकारी हुने छ ।

उनले थप सुझाव दिँदै भने - 'बालुवाटारको बैठक कक्षको प्रधानमन्त्री बस्ने आशन विपरित दिशातिर सार्दा केही मात्रामा भएपनि वास्तु दोष हट्ने छ ।'

ताजा खबर