टाइगरको रेम्बो २०१९ मा पक्का

२०७४ फाल्गुण ५ शनिबार १६:३०:०० मा प्रकाशित

मुम्बई । बलिउडमा डान्स र एक्सनमा नाम कमाएका कलाकार हुन् टाइगर श्राफ । एक जमानाका फेसनेवल कलाकार ज्याकी श्राफका छोरा टाइगर श्राफले बलिउडमा चााडै नै नाम बनाउन सफल भए । टाइगर अहिले धेरै फिल्महरुमा व्यस्त छन् । उनीसँग अहिले फिल्महरुको ताँती नै लागेको छ भन्दा फरक पर्दैन । अहिले उनी निर्माता तथा निर्देशक करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द एयर’ को सिक्वेल र बागी २ मा व्यस्त छन् । साथै फिल्म रेम्बोको पनि तयारी गरिरहेका छन् । यो फिल्मको लागि धेरै समय लागिसकेको छ । 

भन्ने नै हो भने फिल्मको काम त गएको वर्षबाट नै शुरु हुनु पर्ने थियो तर फिल्मका कलाकार र निर्देशक दुबै धेरै नै व्यस्त भएको हुनाले फिल्म रोकिएकोे हो । 

भारतीय संचार माध्यमका अनुसार, अब यो फिल्मको काम आउने वर्षको नोभेम्वर देखि शुरु हुनेछ । योसँगै यसै फिल्मका निर्देशक सिध्दार्थ आनन्द र टाइगर श्राफले आफ्नो अर्को प्रोजेक्टको काम पनि यसै वर्षको अगस्तबाट शुरु गर्ने छन् । जसमा टाइगरसँगै ऋतिक रोशन र वाणी कपुरले पनि अभिनय गर्नेछन् । फिल्मको सुटिङ २०१९ देखि गर्ने तयारी गरिएको छ भने युरोप र हिमालयमा फिल्मको सुटिङ हुने छ । एजेन्सी सहयोगमा 

ताजा खबर