समाचार र अनलाइन एफएम रेडियोका लागि आयो 'संचार' एप

२०७४ फाल्गुण ४ शुक्रबार १७:४६:०० मा प्रकाशित

काठमाडौं,४ फागुन । अनलाईन न्युज र रेडियोका समाचार एकै ठाउँबाट पढ्न र सुन्न सुविधा भएको एन्ड्रोइड मोबाइल एप सुरु भएको छ। एप निर्माण गरेको कम्पनि आईटेक नेपालले हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचार पढ्न र देशभरका अनलाईनमा उपलब्ध एफएम एकै ठाउँबाट सुन्न सकिने सुविधा भएको एन्ड्रोइड मोबाइल एप “संचार” सार्वजनिक गरिएको जनाएको छ । 

आईटेकका अनुसार, संचार एपमा बिभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका समाचारहरु एकै ठाउँमा साथै प्रत्येक समाचार पोटलका ताजा समाचारहरु फरक फरक पनि पढ्न सकिन्छ । आईटेकका संस्थापक जीवन न्यौपानेका अनुसार, “संचार” एपको एक फरक बिशेषता भनेको आफुलाई मनपर्ने समाचार पोटलमा प्रकाशन भएका समाचारहरु मात्र पढ्नको लागि सट कट फिचर रहेको छ, जसले उक्त समाचार पोटलको मात्र समाचार आउने गरि एउटा होम स्क्रीनमा एप आइकन बनाउँछ ।

न्यौपाने भन्छन् - 'एफएम रेडियो सुन्ने पारखीहरुका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनलाइनमा उपलब्ध एफएम रेडियोलाई “संचार” एपले समेट्ने प्रयास गरिएको छ । यसबाट हामीले इन्टरनेटको पहुँचमा रहेर संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो गाउँठाउँको रेडियो सुन्न    सकिनेछ ।'

संचार एपलाई गुगल प्लेस्टोरमा “Sanchar” टाइप गरेर सर्च गरी वा सिधै यो लिङ्कमा  https://goo.gl/qWbW45  क्लिक गरेर पनि डाउनलोड गर्न सकिने आईटेक नेपालले जनाएको छ ।

ताजा खबर