अब कविशिरोमणिका सबै कृति एउटै संग्रहमा

२०७४ फाल्गुण ४ शुक्रबार १५:४७:०० मा प्रकाशित

  
काठमाडौं,४ फागुन। नेपालयले कविशिरोमणि लेखनाथ पौड्यालका कृतिहरू संग्रहित ‘कविशिरोमणि रचनावली’ प्रकाशन गरेको छ । यसभित्र कविशिरोमणिका सम्पूर्ण सृजनाहरू समावेस गरिुएको नेपालयले जनाएको छ।
 
वि। सं। १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन् । पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रियता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सिपका अगुवा कवि मानिन्छन् । सँस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमाप्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ ।
 
कविशिरोमणि लेखनाथलाई परिष्कारवादी धाराका प्रणेता पनि मानिन्छ । यी कविले आफ्ना प्रकाशित कृतिलाई समेत पुनःपरिमार्जित गर्ने गरेको पाइन्छ । कविशिरोमणिका ‘पिजराकोसुगा’, ‘कालमहिमा’, ‘सत्य—सन्देश’, ‘गौंथलीको चिरिबिरि’, ‘जीवन—चङ्गा’ जस्ता अनेकौं रचनाहरू आम पाठकका बीच पनि लोकप्रिय रहेका सृजनाहरू हुन् । उनका कतिपयकविताका हरफहरू त लोकोक्ति बनेर समेत फैलिएका छन् ।

कालिदास र मैथलिशरण गुप्तालाई मन पराउने कविशिरोमणि लेखनाथ पौड्याल महाकवि लक्ष्मीप्रसाद देकोटा र माधवप्रसाद घीमिरेलाई पनि औधि मन पराउथे । महाकवि लक्ष्मीप्रसाददेवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’थिए । लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिचकिचाउने राजा महेन्द्र सामु देवकोटाले‘ऋषिकल्प प्राज्ञ’नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेको सन्दर्भलाई उल्लेख्य मानिन्छ ।
 
लेखनाथको निधनको आधा शताब्दीपछिसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए । ती कृतिसमेत खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’लाई पूर्णता दिएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भ सहित सरल बनादिएको हुनाले यो सँग्रहपाठकका निम्ति थप उपयोगी हुने प्रकाशन संस्थाले आशा गरेको छ।
 
‘हरेक नेपालीका घरमा श्रद्धासाथ राख्न मिल्ने गरी बाबाका कृतिहरूको संकलन प्रकाशित होस् भन्ने चाहना थियोस साहित्यकार जगदिश घिमिरेले कोट्याउनु भएको कुरामा परिवारकासदस्य, लेखनाथ प्रतिष्ठान, प्राध्यापक सनतकुमार वस्ती र सुभचिन्तक सबैबाट अनुपम सहयोग प्राप्त भयो र हाम्रो हातमा यति आकर्षक ‘कविशिरोमणि रचनावली’ आइपुग्योस मेरोखुसीको सिमा छैन ।’रचनावली हातमा परेपछि लेखनाथकी नातिनी डा.प्रतिभा पाण्डेको प्रतिक्रिया थियो ।
 
 
 

ताजा खबर