यी हुन् प्रेमिका फेर्न सिपालु नायक 

२०७४ फाल्गुण ४ शुक्रबार १५:००:०० मा प्रकाशित

मुम्बई । बलिउडमा अक्षय कुमारलाई खिलाडी कुमार पनि भन्ने गरिन्छ । उनलाई यसो भन्नुको कारण भने एक समय उनका ‘खिलाडी’ सिरीजका फिल्महरु धेरै सफल हुनु हो । यी खिलाडी किसिमका मान्छे फिल्मको मैदानमा मात्र नभएर माया प्रेम लगाउने कुराका पनि ठूलै खेलाडी मानिन्छन्। एकजमानामा उनले एकपटकमा तीन तीनवटी नायिकाहरुसँग प्रेम गर्न भ्याएका थिए । उनी केही नायिकाहरुसँग त निकै लहसिईसकेका पनि थिए। उनको नाम यी नायिकाहरुसँग धेरै नै लामो समयसम्म जोडिएको पनि थियो ।

पुजा बत्रा

अक्षय कुमारले बलिउड नगरीमा प्रवेश मात्र के गरेका थिए उनको नायिका पुजा बत्रासँग चक्कर शुरु भइसकेको थियो । त्यतिबेला पुजा एउटा सफल मोडल बनिसकेकी थिइन् भने अक्षय भन्दा लोकप्रिय पनि थिइन् । अक्षय नयाँ नयाँ भएका कारण केही पार्टीहरुमा पुजाको कारण अक्षयलाई प्रवेशको लागि सजिलो नै हुन्थ्यो । बलिउडमा राम्रो नाम कमाउन थालेपछि अक्षयले पुजालाई छोडेर आफ्नो क्यारियरमा ध्यान दिन थालेका थिए । 

रविना टन्डन

फिल्म ‘खिलाडी’ हिट भएपछि अक्षय कुमारको नाम केही समय यही फिल्मकी नायिका आयशा जुल्कासँग पनि जोडियो । तर यो साँचो भने थिएन । यसपछि अक्षय कुमारको जिन्दगीमा मस्त मस्त गर्ल रविना टन्डनको प्रवेश भयो । फिल्म ‘मोहरा’ को लागि जब यी दुई ‘टिप टिप बरसा पानी’ गीत को शुटिङ गर्दै थिए त्यहिँबाट यी दुईबीचको प्रेममा आगो लाग्न शुरु भएको थियो । करिब तीन वर्ष जति यी दुईको मायाप्रेम चल्यो र भारतीय पत्रपत्रिकाहरुले पनि यी दुईको मायाप्रेमको बारेमा धेरै चटपटे कुराहरु लेख्न भ्याए। फिल्म ‘खिलाडीयों का खिलाडी’ मा अक्षयसँग नायिका रविना र रेखाले काम गरेका थिए । त्यहि अक्षयको रेखासँगको प्रेम कहानीको चर्चाले पनि धेरै नै बजार तताएको थियो । उनले यो सबै गर्नुको कारण रविनालाई ईस्र्याले जलाउनका निम्ति हो भन्ने पनि गरिन्थ्यो। त्यतिबेला रविना अक्षयसँग साँचो प्रेम गर्न थालिसकेकी थिइन् र बिवाह गर्ने प्रस्ताव पनि उनले गरेकी थिइन् तर अक्षय भने यसको लागि तयार थिएनन् । यी दुईको प्रेम दिगो नहुनुको कारण पनि यही नै थियो । 

शिल्पा शेट्टी 

‘चुरा के दिल मेरा, गोरिया चली’ .... भन्ने गीतबाट नै शिल्पाले अक्षयलाई आफ्नो प्रेम जालमा फसाई सकेकी थिइन् । अक्षय र रविनाको ब्रेकअप हुने बित्तिकै उनको ठाउँमा शिल्पाले प्रवेश गरिसकेकी थिइन् । यी दुबैबीच पनि धेरै नै गहिरो प्रेम चलेको थियो र धेरैले शिल्पा नै अक्षयकी श्रीमती बन्छिन् भन्ने अनुमान पनि लगाउन थालिसकेका थिए । तर खिलाडी कुमारको इरादा अर्कै थियो । उनी राजेश खन्नाकी छोरी ट्वींकल खन्नासँग पनि प्रेम गर्न थाले । एकातिर शिल्पा तर अर्कोतिर ट्वींकल । यो कुरा शिल्पाले सहन सकिनन् र अन्तत उनी अक्षयसँग अलग भइन् । 

ट्वींकल खन्ना 

पुरानो जमानाका चर्चित नायक राजेश खन्ना र नायिका डिम्पल कपाडीया कि छोरी ट्वींकल खन्ना र अक्षय कुमारबीचको प्रेम फिल्ममा सँगसँगै काम गर्ने बेलाबाट शुरु भएको थियो । एक जमानामा राजेश खन्नाको अफिसमा अक्षय कुमार जागिरको लागि गएका थिए । उनले सोचेका पनि थिएनन् होला कि उनकी छोरीसँग उनको मायाप्रेम बस्ला भनेर । यी दुईबीचको प्रेम धेरै समय चल्यो र ट्वींकलले जब अक्षयसँग बिवाहको कुरा गर्थिन् उनी केही न केही भनेर टार्ने काम गर्थे । तर ट्वींकल पनि कम कहाँ थिइन् र उनले अक्षयलाई यति दवाब दिइन् कि अक्षय ट्वींकलको घरमै बस्न बाध्य भए र पछि यी दुईले बिवाह गरिछाडे। 

प्रियंका चोपडा 

कुकुरको पुच्छर जति सोझो बनाए पनि बाङ्गो नै हुन्छ । बिवाह पछि केही दिन अक्षय ट्वींकलसँग नै बाँधिएर बसे तर चाँडै नै उनको माया नायिका प्रियंका चोपडा माथि बस्न गयो । प्रियंकासँग उनी केही फिल्महरु गरिरहेका थिए र यसैबीच यी दुईबीच सामिप्यता पनि बढ्दै गयो । फेरि बलिउडमा यस्तो कुरा कहाँ लुकाएर लुक्थ्यो र । यो कुरा थाहा पाउन ट्वींकललाई खासै समय लागेन र यसपछि यी दुई श्रीमान श्रीमती बीच दरार आउन शुरु भयो । यसपछि ट्वींकलले अक्षयलाई प्रियंकासँग कुनै पनि फिल्ममा अभिनय गर्न प्रतिवन्ध लगाईन् । अक्षयले पनि ट्वींकलको कुरा बुझे । यसपछि अक्षयको मन कुनै पनि नायिकामा पर्न गएन । अहिले अक्षय ट्वींकलको मात्र भएर बसेका छन् । बलिउडमा अहिले यो जोडीलाई एउटा आदर्श जोडी भन्ने गरिन्छ । साभार : वेभ दुनियाँ


 


 

ताजा खबर