आजबाट श्वेताको ‘कान्छी’ प्रर्दशनमा 

२०७४ फाल्गुण ४ शुक्रबार १३:०२:०० मा प्रकाशित

काठमाडौं, ४ फागुन । नेपाली कथानक चलचित्र ‘कान्छी’ आज बाट प्रदर्शनमा आएको छ । दयाहाङ राई र श्वेता खड्काको मुख्य भूमिकामा रहेको ‘कान्छी’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन ।  
चलचित्रमा कामेश्वर चौरासिया, अशान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । 
चलचित्र ‘कान्छी’ लाई अभिनेत्री श्वेता खड्काले  निर्माण गरेकी हुन् । ‘कोहिनूर’ पछि श्वेताको यो कमब्याक फिल्म हो । उनको यो ‘कान्छी’ लाई दर्शकले कत्तिको रुचाउने हुन त्यो भने केही दिन कुर्नैपर्ने हुन्छ ।
 

ताजा खबर