मण्डलामा शेर्पाको कथामा ‘कालापत्थर माथि’

२०७४ फाल्गुण २ बुधबार १४:२७:०० मा प्रकाशित

काठमाडौं,२ फागुन । कालापत्थर सेता हिउँले ढाकेपछि कति सुन्दर देखिन्छ । सगरमाथा पथमा पर्ने यो कालापत्थर उच्च हिमाली भु–भाग विभाजनको एक आधार स्तम्भ पनि हो । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा स्पष्ट देखिन्छ । हिमरेखा भन्दा माथिल्लो स्थानमा पर्ने भएकोले यस क्षेत्रमा बाह्रै महिना हिउँ पर्छ । हिउँले ढाकेका टाकुराहरु जति सुन्दर र रमणीय छ यी टाकुराहरु पनि त्यति नै भयानक र डरलाग्दा पनि । हिउँले ढाकिएका यी रमणीय टाकुराहरुबाट हिउँ हटाएर हेर्ने हो भने सबै टाकुराहरु कालापथ्थर नै देखिन्छ । संसारको सर्वोच्च शिर सगरमाथा हो । सगरमाथा उच्चको चुचुरो उच्च भुभागमा रहेकोले यहाँ चल्ने हावाको उच्च वेगको कारणले यसको टाकुरामा पनि हिउँ अडिन पाउँदैन र अक्सर सगरमाथा पनि कालापत्थरबाट कालापत्थर झै देखिन्छन् । यो यही कुराहरु दर्शाउन खोजेको छ गत शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘कालापथ्थर माथि’ नाटकले । 
नाटकले अरुको एउटा भरिया बन्न शेर्पाल देखाएको योगदानहरुका कुराहरुलाई देखाउन खोजेको छ । नाटकको पात्र दावा आफना  साथीहरूको लहलहीमा लागेर हिमाल आरोहणको लागि निस्किन्छन् । आमाले कयौं पटक बाबु हिमाल आरोहण नगर भनेर लाखौं पटक सम्झाउँदा पनि उनी मान्दैनन् । अन्त आरोहणको क्रममा दावाको निधन हुन्छ । श्रीमान र दुई छोरा गुमाएर छोरा फर्केर आउँछ कि भन्ने आशामा बसेकी आमाको मनमा कान्छो छोराको निधनले आमाको मनमा के कस्तो असर पार्छ भन्ने कुरा नै नाटकको मुख्य बिषय हो । 
नाटकमा शेर्पाकै लवजमा प्रस्तुत भएका दावाको भुमिकामा सन्तोष तामाङ, डोल्माको भूमिकामा निशा पाख्रिनले, छिरिङको भूमिका प्राश्ना डंगोल र पेम्बाको भूमिका पत्रिका घिमिरेको अभिनय शोर्पाको झल्को झल्काइदिने नै छ । नाटकमा अन्य कलकारहरुको अभिनयलाई पनि बिर्सन भने सकिदैन । 
प्रदीप कुमार चौधरीको लेखन तथा निर्देशन रहेको नाटक ’कालापत्थर माथि’ हिमाल आरोहणमा योगदान दिने शेर्पा समुदायको योगदानलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । शेर्पाकै भेषभूषा र लवजमा प्रस्तुत गरिएको नाटक हेरिरहँदा धेरैका आँखा पक्कै पनि रसाउँछ । 
अंग्रेजी साहित्यका विद्यार्थी रहेका निर्देशक चौधरी भन्छन्, ‘अंग्रेजी साहित्यमा मान्छेका संघर्षका विषयमा धेरै कथाहरु छन् । माान्छेले हिमाल माथी सर्घष गर्छन भन्ने पनि धेरै सुनेको थिए । तर त्यसको उपल्वधी के भन्ने थाहा पाएको थिइन । त्यसैले त्यही विषयमा कथा लेख्न र नाटक मञ्चन गर्न मन लागेर ‘कालापत्थर माथि’ लेखेको  हो।’ यसअघि नाटक ‘मसानटार’ निर्देशन गरिसकेका प्रदीपले आफुलाई नाटक गर्ने प्रेरणा साहित्यले दिएको बताए ।
नाटकमा निशा पोख्रेली, सन्तोष तामाङ, पत्रिका घिमिरे, किरण श्रेष्ठ, विकास लामा, प्राशना डंगोल, पुस्कर कार्की, सन्जिव राई, बारातलिम्बु, विक्रम श्रेष्ठ र बालकृष्ण श्रेष्ठको अभिनय छ । नाटक फागुन २० गतेसम्म मण्डलामा प्रदर्शन हुनेछ ।

ताजा खबर