यस्ता छन् बलिउड नायिकाका महंगा ब्राण्डेड व्याग

२०७४ माघ २८ आइतबार १६:५८:०० मा प्रकाशित

मुम्बई । बलिउड नायिका उनीहरुको डिजाइनरले तयार पारेको महंगोे लुगा लगाउन जति रुचाउँछन्् त्यति नै उनीहरु अन्य कुराहरु पनि महंगो नै खोज्छन्। उनीहरु कपडा मात्र महंगो लगाउँदैन, हाते ब्याग देखि लिएर हरेक सामानहरु महंगा र ब्रान्डेड नै खोज्छन्। आफ्नो स्टाईल र फेसनका लागि कहलिएका बलिउड नायिकाहरुसँग धेरै किसिमका ब्रान्डेड ब्यागहरु छन्। यसमा कसैको व्यागको मूल्य ८ लाख बराबरको छ भने कसैको ४ लाख भन्दा माथिको छ। हालै कलाकार सैफ अलि खानसँग विवाह गरेर एउटा बच्चा समेत जन्माइसकेकी नायिका करिना कपुरले ८ लाख भन्दा बढि मूल्य पर्ने हाते ब्याग बोक्न थालेकी छन्। 

करिना कपुर 

शपिङ भनेपछि मरिहत्ते गर्ने यी नायिकासँग बिभिन्न ब्राण्डका हातेब्याग छन्। उनीसँग च्यानेल,बोटज, ग्रिवेन्सी नाम गरेका ब्राण्डका ब्यागहरु छन्। यतिमात्र नभएर उनीसँग हर्मेस बिर्किम्स एपसेम ब्राण्डका ब्यागहरु छन्, जसको मूल्य ८ लाख २५ हजार रुपैयाँ पर्छ।

दिपीका पादुकोण 

दिपीका पादुकोणलाई पनि नायिका करिना कपुरको हर्मेस बिर्किम्स एपसेम ब्राण्डका व्यागहरु मन पर्छ । यी बाहेक उनी गुसी र च्यानेल नाम गरेको ब्राण्का व्यागहरु बोक्न रुचाउँछिन् । जसको मूल्य भने ८ लाख ३० हजार रुपैयाँ पर्छ। 

आलिया भट्ट

बलिउडमा नाम कहलिएका निर्देशक महेश भट्टकी छोरी हुन आलिया। आलियासँग अबर भन्ने लक्जरी ब्राण्डका व्यागहरु छन्। उनी टोड्स फ्रिन्ज नामको ब्राण्डको व्यागहरु पनि बोक्न रुचाउँछिन्। उनले बोक्ने गरेको व्यागको मूल्य १ लाख भन्दा बढि पर्छ। 

अनुष्का शर्मा 

अनुष्का शर्मासँग बिभिन्न ब्राण्डका व्यागहरु छन्। उनी फेन्डी मन्स्टर ब्राण्डको व्याग बोक्न धेरै रुचाउँछिन्। जसको मूल्य २ लाख रुपैयाँ पर्छ। उनीसँग डायर, पौल का र अलेक्जेन्डर म्याकक्वीन गरेका ब्राण्डका व्यागहरुको कलेक्सनहरु नै छन्।

सोनम कपुर 

बलिउड अभिनेता अनिल कपुरको छोरी सोनम कपुर पनि अनेकन ब्राण्डका व्यागहरु बोक्न रुचाउँछिन्। उनीसँग च्यानल ब्राण्डको व्याग छ। जसको मूल्य करिब ४ लाख रुपैयाँ पर्छ। यस्तै उनीसँग डायर, पौल का र  ब्यालेन्सीयागा हर्मस् केली जस्ता महँगा व्यागहरु पनि छन्। 

प्रियंका चोपडा 

बलिउड मात्र नभएर हलिउडमा पनि नाम कमाएकी नायिका प्रियंका चोपडालाई पनि महंगा तथा ब्राण्डेड व्यागको एकदमै सोख छ। उनीसँग १०० भन्दा धेरै ब्राण्डका व्यागहरु छन्। यसमा उनी भ्यालेन्टिनो गाराभानी रक्स्टुड ब्राण्डका व्यागहरु धेरै बोक्ने गर्छिन। उनले बोक्ने यी व्यागहरुको मूल्य १ लाख २५ हजार रुपैयाँ पर्छ। साभार : बलिउड भास्कर
 


 

ताजा खबर