कपिल शो मा फर्किदै चन्दु 

२०७४ असार १३ मंगलबार ०८:४५:०० मा प्रकाशित

काठमाडौं, १३ असार । कपिल शर्माका बाल्यकालीन साथी तथा उनको शोका कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला अन्ततस् कपिल शर्मा शोमा फर्किने भएका छन्।

अर्का कलाकार सुनील ग्रोवरलाई कपिलले कुटपिट गरेपछि चन्दन उनीसँगै शोबाट बाहिरिएका थिए। अहिले आएर उनले फेरि कपिलसँगै फर्किने निर्णय गरेका हुन्।

चन्दु फर्किने खुलासा कपिलको शो का अर्का कलाकार किकु सरदले गरेका छन्। ट्विटरमा यो समाचार दिँदै उनले कपिल र चन्दुको फोटो पनि सार्वजनिक गरेका छन्। एजेन्सी

 

ताजा खबर