ठेकेदारको लापरवाहीले  पुल निर्माण अलपत्र 

२०७४ असार १३ मंगलबार ०७:२१:०० मा प्रकाशित

काठमाडौं, १३ असार । धोबीखोलामा पक्की पुल निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीको लापरवाहीका कारण अहिले पनि खोलामा पुल निर्माण हुन सकेको छैन् । यो पुल निर्माणको भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भएको छैन । अहिले पनि यो पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारमा खाल्डो खन्ने बाहेक केही गर्न सकेको छैन ।

सडक डिभिजन कार्यालय मीनभवनका अनुसार जेभीले २७ माघ २०७१ मा पुल निर्माणको ठेक्का लिएको थियो । १८ महिनामा निर्माण कार्य सक्ने भन्दै जेभीले डिभिजन कार्यालयबाट ५२ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । सम्झौताअनुसार भेजीले पुल निर्माणको काम २७ मंसिर ०७२ भित्रै सक्नुपर्ने हो । तर, उसले खाल्डो खनेर थुपार्नुबाहेक कुनै काम गरेको दखिँदैन ।

वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयबासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रसित भैरहेका छन् । मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको पुलले पानी खेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको स्थानीय बताउँछन् । 
 

ताजा खबर