हलहरुमा अनमोल र अक्षय कुमार भिड्दै

२०७४ माघ २६ शुक्रबार १४:१९:०० मा प्रकाशित

काठमाडौं, २६ माघ । आज शुक्रबार हलहरुमा अनमोल केसी अभिनित चलचित्र ‘कृ’ र अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’  प्रदर्शनमा आएका छन् ।

प्रेम र एक्सनले भरिएको ‘कृ’ लाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । भुवन केसी र सुवास गिरीले निर्माण गरेका चलचित्रमा अनमोल केसी, अदीति बुढाथोकी, अनुप बिक्रम शाही, सरोज खनाल लगायतका कलाकाहरुको अभिनय छ ।

यस्तै, बलिउड अभिनेता अक्षय कुमार अभिनित वायोपिक चलचित्र हो ‘प्याडम्यान’ । ‘प्याडम्यान’  सामाजिक र  त्यसमाथि पनि महिलासँग सम्बन्धित मुद्दा बोकेका चलचित्र हो । आर बल्की निर्देशित  चलचित्रमा अक्षय कुमार, सोनाम कपूर र राधिका आप्टेको शीर्ष भूमिका रहेको छ । फिल्म ट्विङ्कल खन्नाले निर्माण गरेकी हुन् । एजेन्सीबाट
 

ताजा खबर