तामाङ चलचित्र ‘घ्रान’मा समाहित गीत सार्वजनिक 

२०७४ माघ २५ बिहीबार १६:५१:०० मा प्रकाशित

काठमाडौं, २५ माघ ।  मोक्तान फिल्मस प्रालिको प्रस्ततुतिमा  निर्माण गरिएको तामाङ चलचित्र घ्रान ‘कसम’मा समाहित गीत सार्वजनिक गरिएको छ । 

  मोक्तान फिल्मस प्रालिले पत्रकार सम्मेलन गरेर ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ बोलको गीत सार्वजनिक गरेको हो । तामाङ समुदायाको संस्कृति र सामाजिक जीवनयापनका कथाहरुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्र ओखलढुङ्गाको विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । 

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा चलचित्र निर्देशक नविन सुब्बाले तामाङ चलचित्रको बजार विस्तारमा लाग्न आग्रह गरे । उनले ७ लाखमात्रै जनसंख्या रहेको भुटानमा करोडौंको लगानीमा चलचित्र बन्ने गरेको र लगानी उठाउने गरेको प्रसंगलाई उल्लेख गर्दै आफूले विश्वका विभिन्न मुलुकमा तामाङ समुदायको चलचित्र विकासमा लाग्नको लागि आग्रह गरेको बताए । निर्देशक सुब्बाले राज्यको नजरमा तामाङ समुदायको संस्कृति र जीवनचक्र नपरे समेत आरोप लगाए । 

उनले भने,‘तामाङ संस्कृति राज्यको सम्पति हो, तामाङ समुदायको जीवन चक्रमा आधारित रहेर निमार्ण गरिएको चलचित्र सबै भाषा भाषिका समुदायले हेर्ने खालको हुुनपर्छ।’ उनले भने,‘यो चलचित्र लोकप्रिय बनाउनको लागि म हर प्रयास रहनेछु, तामाङ समुदाय सबैभन्दा सांस्कृति धनि समुदाय हो, त्यो भनेको राज्यको सम्पति हो ।’

त्यस्तै प्रज्ञा परममिताको प्रमुख अनुवादक टिका शेर्पाले अरुको अस्तित्व स्वीकार गर्नुपर्ने बताएका छन् । 

बुद्ध धर्मलाई नेपालीमा अनुवाद गर्ने काममा लागेका शेर्पाले नेपालमा रहेका सबै जातजाति र धर्म सम्प्रदायबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताए । 
कुमार स्याङ्बोको शब्द, निमा दोङको संगीत तथा निर्मला घिसिङ र निमा दोङको स्वर रहेको गीत सार्वजनिक गरिएको हो । 

कार्यक्रमकी सभापति एवम् मोक्तान फिल्मस् प्रा.लीका अध्यक्ष सुकुमाया मोक्तानले नेपाली चलचित्र र मातृभाषाको चलचित्रबीच विभेद खडा गरिएको गुनासो पोखिन। 

उनले भनिन्,‘हाम्रो राज्यमा हाम्रो संस्कृति र हाम्रो परम्परालाई कुनै सांस्कृतिक सम्प्रदायसँग तुलना गरेर कमजोर दर्ज गराईन्छ, हामीले हाम्रै अन्तराष्ट्रिय विमानस्थलमा प्रवेश आज्ञामा अवरोध झेल्नुपछ, हाम्रो देशमा नेपाली चलचित्र खेल्ने कलाकार र हामी मातृभाषाको जर्गेना गर्ने कलाकारहरुलाई फरक तरिकाले हर्ने गरिन्छ, मुलधारको नाममा कुनै कलाकारलाई चाहिने भन्दा बढी सम्मान दिने काम भएको छ, हामीले उचित सम्मानको लागि भीख माग्नुपरेको छ, मातृभाषाको चलचित्र प्रदर्शन गर्नको लागि मंहगोमा हल किन्नुपर्छ, अरुले ४० हजारमा हल पाउँछन् हामीले त्यही हलको २ लाखसम्म तिर्नुपर्छ ।’

उनले कलाकारिताको नाममा अन्य नेपाली भाषाका चलचित्र गीत–संगीतमा अश्लिल्ता, ‘बडी शो’ गरेको खण्डमा कुनै प्रकारको उसले क्षति व्यहोर्नुपर्ने तर हाम्रो चलचित्रमा हाम्रै समुदायको परम्परालाई देखाउँदा पनि नसहने राज्य छ, हामीले यो चलचित्रमा स्थानीयदेखि राज्यको माथिल्लो निकायमा हुने क्रियाकलापको बारेमा प्रकाश पार्ने प्रयास गरेका छौँ, बुद्ध जयन्तीको अवसमा प्रदर्शन हुने कुरा पनि म यही कार्यक्रममार्फत जानकारी गराउँदछु ।’ 

चलचित्रमा नायक सागर घिसिङ, शम्भु घिसिङ, राम घिसिङ रहेका छन् भने नायिकातर्फ सुकुमाया मोक्तान, सुष्मा मोक्तान, सुनिता तामाङ् रहेका छन् । मुख्य अभिनेतामा बिकास तामाङ देखिँदैछन् । उक्त चलचित्र जम्मा २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण पक्षको दाबी छ । 

कार्यक्रममा छेवाङ तेन्जीङ लामा, रोशन फ्यूबा, संजोग लाफा मगर लगायतले उक्त चलचित्र प्रगतीको लागि शुभकामना दिएका थिए भने कार्यक्रम सञ्चालन मुस्कान तामाङले गरेका थिए । 
 
 

ताजा खबर