‘वीच’ अर्थात वोक्सी 

२०७४ माघ २५ बिहीबार ११:५२:०० मा प्रकाशित

‘वीच’ मतलब बोक्सी। यो कुनै गाउँघरमा घटेको घटना होइन।  यो सर्वनाम थिएटरमा चलिरहेको नाटकको नाम हो । नाटकमा कुनै शब्द छैन । केवल शारिरिक क्रियाकलापहरु मात्र देखाइएको छ । नाटकको श्रुवातमा  बिजुली जडान गरिएको झिपझिपे बत्ती मञ्चमा देखिन्छ । त्यहि बत्ति भित्र नै नाटक रुमलिएको छ । 
एउटी युवती प्रेममा पर्छिन र उनको बिवाह पनि हुन्छ।  तर उनको सन्तान भने हुदैन । यही सन्तानको कारणले उनलाई आफनो श्रीमानले छोड्छन् र उनी आफनो श्रीमान बाट टाढा हुन्छिन् । अचानक मोटसाइकल दुर्घटनामा उनको श्रमिानको मृत्यु हुन्छ र उनी एक्लो हुन्छिन् । उनको यो एक्लोपनको फाइदा उनकै श्रीमानको साथीले उठाउन खोज्छ।  तर सफल हुँदैन ।  त्यसपछि उनलाई बोक्सी भनिन्छ । उनी  बेसहारा हुन्छिन् र अन्तमा उनको विकल्प भनेको आत्महत्या हुन्छ । 
नाटकका कलाकार रोशन भन्छन् हामीले एउटा निरिह महिलाको चरित्रलाई  स्टेजमा उभ्याएर हिंसाबाट जोगिन के कस्ता कदम चाल्नुपर्छ भन्नेबारे दर्शकबाटै सुझाव लिन खोजेको हो । यसमा कसैले नारी पात्रले आत्महत्या गर्नुहुदैन भनेकाथिए भने कसैले आत्महत्या नै विकल्प हो भन्ने सुझाव दिएका थिए । नाटकको प्रत्येक सो मा निर्देशक र कलाकारहरुले दर्शकले दिएको सुझाव बटुल्ने र दर्शकले उपयुक्त ठानेको निष्कर्षमा सुझावलाई राख्ने पनि उनको भनाई थियो । 
डाँफे थिएटर र फर्मेशन थिएटरको सयुक्त निर्माण रहेकोे यस नाटकमा नारी संवेदनाको विषयलाई बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ । डेढ घण्टा लामो नाटकमा नृत्य, द्वन्द्व, मिलन बिछोड सबैकुरा मिसिएको छ । आर के महेता (रोशन) ,सम्म्रान्त थापा, रोशनी स्याङबो र मणि के राईको अभिनयले पक्कै पनि दर्शकहरुको मन छुन्छ । नाटकको एउटा एकदमै रमाइलो पक्ष भनेको चुलबुले पात्रको रूपमा मणिको अभिनयलाई दर्शकले एकदमै रुचाउने छन् । 

ताजा खबर