धुर्मुस सुन्तलीले गरे एकीकृत नमुना बस्ती हस्तान्तरण

२०७४ माघ २३ मंगलबार १४:०२:०० मा प्रकाशित

काठमाडौं, २३ माघ । धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटमा निर्माण गरेको एकीकृत नमुना सन्तपुर बस्तीको आज हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले रिबन काटेर बस्तीको उद्घाटन गरिन् । हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय लगायतका कलाकारहरुको कार्यक्रममा उपस्थीती रहेको थियो । 
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा नमुुना बस्ती बनाइएको हो । फाउन्डेसनको चौथो परियोजना अन्तर्गतको बस्तीमा एक सामुदायिक भवन, मन्दिर, धारा, सार्वजनिक शौचालय, आधारभूत तहको स्कुल लगायतको संरचना बनाएको छ । यहाँ भ्यु टावरका साथै बगैंचा पनि निर्माण गरिएको छ । 
बस्ती हस्तान्तरण कार्यक्रममा  धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफ् पदमा भन्दा पनि धेरै काममा रमाउने बताएका थिए ।  उनले दुई वर्षमा १७ करोड रुपैयाँ असाधारण सहयोग जुटेर चारवटा बस्ती बनेको बताए ।
 

ताजा खबर