हात देखाएपछिमात्र पानी आँंउछ पाल्पाका धारामा

२०७४ माघ २३ मंगलबार ११:२४:०० मा प्रकाशित

पाल्पा, २३ माघ ।   पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । 

पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी प्रशस्त नहुनु र त्यसमा पनि हात मुख तथा दाँत माझ्दा धारा खोलेर पानी अनावश्यक रुपमा खर्च हुने भएकाले पानीको बचतका लागि सेन्सर धाराको प्रयोग बढेको हो । 

धारामुनि हात देखाउँदा मात्र पानी आउने र धाराबाट हात बाहिर हुनासाथ पानी आउन रोकिने हँुदा पानीको खपत कम हुने मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीले बताए । तानसेनका होटल तथा घरमा सेन्सर धारा जडानले पानी कम खर्च हुने गरेकाले यसको प्रयोगप्रति होटल व्यवसायी आकर्षित हुन थालेका छन् । 

जनसंख्या बढेपनि तानसेनमा आवश्यकता अनुसारको पानी व्यवस्थापनमा ध्यान दिन नसक्दा वर्षेनी पानीको अभाव बढेको हो । घरघरमा खानेपानीका धारा जडान गरिएपनि हप्तामा एकपटक मात्र पानी आउन थालेको उपभोक्ताको गुनासो रहेको छ । 

मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीका अनुसार तानसेनमा खानेपानीको चर्को समस्याले होटल व्यवसायी समस्यामा रहेका बेला सेन्सरधाराले समस्याको समधान गर्दै आएको छ । रु १६ हजारमा प्रतिसेन्सर धारा जडान गर्न पाएपछि होटल व्यवसायीले धमाधम धारा जडान गर्न थालेका हुन् । 

महिनामा २५ ट्यांकी पानी होटलमा भर्दासमेत अझै पानीको समस्या हँुदै आएकोमा अहिले सेन्सर धारा जडानपछि मासिक १५ ट्यांकी पानी होटलका लागि प्रशस्त भएको होटल व्यवसायी सुवेदीले बताए 

पानीको अभाव खड्किएका शहरका होटल तथा घरका सामान्य धारा प्रयोग गर्दा बढी पानी खर्च हुने गर्दछ । सेन्सर धारा जडान गरेमा आवश्यक पानी मात्र खर्च हुने हँुदा पानीको खपत लागि आधुनिक सेन्सर धाराप्रति आकर्षित हुनु आवश्यक रहेको छ । 

बुटवलसँगै पाल्पामा सेन्सर धारा जडान गर्नेे काम तीव्रगतिमा अघि बढेको छ । ब्याट्री तथा विद्युत्को सहायताबाट सेन्सर धारा चलाउन सकिने धारा बिक्रेता गंगा ट्रेडका सुरज सुवेदीले बताए। 
ब्याट्रीको प्रयोगबाट धारा चलाउँदा सात महिनासम्म काम गर्दछ । विद्युत्को सहायतामा धारा सञ्चालन गर्दा न्यून विद्युत् महशुलमै सुविधा उपयोग गर्न सकिने सुवेदीले बताए। रासस 
 

ताजा खबर