दुर्लभ खगोलीय घटना मानिने सुपरमुन, ब्लुमुन र ब्लडमुन के हो ?

२०७४ माघ २० शनिबार ०८:४३:०० मा प्रकाशित

३१ जनवरी अर्थात १७ माघ, नेपाल लगायत विश्वभरका मानिसले एक दुर्लभ खगोलीय घटना देख्न पाए । यो यस्तो मौका थियो जतिबेला ब्लडमुन, सुपरमुन र ब्लुमुन एकै पटक देख्न सकिएको थियो । एकैपटक यी तीन घटना दक्षिण एशियाली मुलुकमा बेलुका ६ बजे देखि ७ः३० को आसपासमा देखिएका थिए । उक्त दिन चन्द्रमा अन्य दिनको तुलनामा केही ठूलो र चम्किलो पनि देखिएको थियो । यो २०१८ को पहिलो चन्द्रग्रहण थियो । उक्त दिन चन्द्रमा रातो पनि देखिएको थियो । 
यी तीन कारणले विशेष थियो चन्द्रग्रहण 
सुपरमुनः पछिल्ला दुई महिना भित्र यो तेस्रो सुपरमुन थियो । यस अघि ३ डिसेम्बर र १ जनवरीमा पनि सुपरमुन देखिएको थियो । सुपरमुन यस्तो खगोलीय घटना हो, जुन बेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ   र १४ प्रतिशत अतिरिक्त चम्किलो हुन्छ । पृथ्वीबाट चन्द्रमा नजिक भएको अवस्थालाई पेरिगी चन्द्रमान पनि भनिन्छ । यस्तो अवस्थामा पेरिगी ३५६५०० किलोमिटर तथा टाढा भएको अवस्था अपोगीमा ४०६७०० किमि हुन्छ । 
ब्लूमून ः यो एकै महिनामा दुई पटक देखिएको पूर्ण चन्द्रको अवस्था थियो । जब एकै महिनामा दुइ पटक पूर्ण चन्द्र हुन्छ भने त्यस्तो अवस्थालाई ब्लुमुन भनिन्छ । 
ब्लडमुनः चन्द्रग्रहणका बेला पृथ्वीको छायाका कारण पृथ्वीबाट चन्द्रमा कालो देखिन्छ  । १७ माघमा चन्द्रग्रहणका बेला केही सेकेन्डका लागि चन्द्रमा पूर्ण रुपले रातो पनि देखिएको थियो । यस्तो अवस्थालाई ब्लडमुन भनिन्छ । यस्तो अवस्था त्यतिबेला मात्र आउँछ जब सूर्यको प्रकाश चन्द्रमासम्म पुग्छ । 
सूर्यको परिक्रमाका क्रममा पृथ्वी चन्द्रमा र सूर्यकाबीचमा यसरी आउँछ कि चन्द्रमा पृथ्वीको छायाँबाट छेकिन्छ । यो त्यतिबेला मात्र सम्भव हुन्छ जब सूर्य, पृथ्वी र चन्द्रमा आफ्नो कक्षमा एक अर्कासँग सिधा अवस्थामा हुन्छन् । पूर्णिमाको दिन जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ, त्यसको छायाँ चन्द्रमामा पर्छ । यसले चन्द्रमामा छायाँ पर्ने भाग अन्धकार देखिन्छ । यस्तो बेलाम पृथ्वीबाट चन्द्रमा कालो देखिन्छ । जसलाई चन्द्रग्रहण भनिन्छ ।
खगोल बैज्ञानिकका लागि अवसर 
३३३ वर्ष भन्दा कम उमेरका मानिसका लागि यो ब्लड मुन देखने पहिलो मौका थियो । नासाका अनुसार पछिल्लो पटक यस्तो ग्रहण १९८२ मा देखिएको थियो । अब यस्तो अवसर सन २०३३ अर्थात २५ वर्षपछि मात्र आउने छ । खगोल बैज्ञानिकका लागि पनि यो घटना निकै महत्वपूर्ण मौका थियो । बीबीसी हिन्दीको सहयोगमा 


 

ताजा खबर