एकै मञ्चमा ३ सौन्दर्य प्रतियोगिता 

२०७४ असार १२ सोमबार ०९:०९:०० मा प्रकाशित

काठमाडौं, १२ असार । एक्सपोज नेपालले एकै मन्चमा एकसाथ तीन सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । सौन्दर्य प्रतियोगीता आयोजनामा अन्तर्राष्ट्रिय छवी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगिता एकसाथ गर्न लागेको हो । एक्सपोजले तीनै प्रतियोगिताको लागि आवेदन समेत खुल्ला गरेको छ । सुन्दरी छनौंट गर्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगिता गर्दै आएको एक्सपोजका यी तीन प्रतियोगितामा युवायुवती देखि बिवाहित महिलासम्मले भाग लिन पाउनेछन् ।

तीनमध्य ‘मिस राजधानी’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले भाग लिन पाउनेछन् । युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगिताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।

प्रतियोगिताले प्रतिभावान र बौद्धिक ब्याक्तीको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको बिश्वास छ । प्रतियोगितामा सहभागीले बौद्धिकतासँगै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नु पर्नेछ । बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा भाग लिन पाउनेछन् ।

स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण सहित सबैलाई फाइनलमा उतारिनेछ । प्रतियोगितामा शीर्ष सहित दर्जन बढि विधामा पुरस्कृत गरिनेछ । बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

ताजा खबर