‘प्रधानमन्त्री देउवा र नायिका मनिषा यिनका नियमित ग्राहक’

२०७४ माघ ११ बिहीबार ११:२९:०० मा प्रकाशित

काठमाडौं उपत्यकाको पूर्वी क्षेत्रमा अवस्थित द्वारीका रिसोर्ट जहाँ म चर्चित ज्योतिषी सन्तोष वसिष्ठसँगै काठले बनेको पुस्तकालयमा बसिरहेको थिएँ। उनले   निधारमा उत्सवमा लगाइने रातो टिका लगाएका थिए। उनका तिखा आँखा रिसोर्टको झ्यालबाट देखिएको हिमालयको मनोरम दृष्यतर्फ डुलिरहेका थिए।

एक्कासी उनको मोबाइलमा फोनको घण्टी बज्यो। उनले तत्कालै फोन म्युट गरे। नेपालका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उनसँग सल्लाह लिन फोन गरेका थिए। नेपालको प्रमुख उर्जा पावरहाउसमा समस्या आइरहेको थियो। त्यहाँ असामान्य अवस्था थियो। उनले कार्कीले कुनै कामले फोन गरेको बताउँदै मेरो भाग्य र भविष्य बताउनतर्फ  लागे।

पूर्वी नेपालको तराई झापाका उनले ज्योतिष विद्यामा अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्। सन् २०१७ मा उनको नाम एशियाकै उत्कृष्ट ज्योतिषीमा परेको थियो। एशियन ज्योतिषी कंग्रेस र विश्व ज्योतिषी महासंघले उनलाई उत्कृष्ट ज्योतिष घोषणा गरेको थियो। उनको अध्ययन मुख्य गरी भूराजनीतिक भविष्यवाणी र जन्मकुण्डलीमा केन्द्रित छ। प्रधानमन्त्री शेरबहादुर देउवा र बलिउड नायिका मनिषा कोइराला उनका नियमित ग्राहक हुन्। अमेरिकन सेलिब्रेटी समेत उनका ग्राहक छन् तर उनले नाम लिन चाहेनन्।

वशिष्ठ आर्थिक क्षेत्रमा भविष्यवाणी गर्ने हाईप्रोफाइल भविष्य वक्ता हुन्। ज्योतिष विद्याको प्राचिन तरिकाले अभ्यास गर्दै उनले यस क्षेत्रमा वैज्ञानिक क्रान्ति गर्न सफल भएका छन्। हाल उनले केही वित्तिय प्रकाशनलाई सल्लाह पनि दिँदै आएका छन्।

द्वारीका रिसोर्टको समय वशिष्ठले पाहुनाका लागि प्रति घण्टा १२५ डलरका हिसाबले उपलब्ध गराइरहेका थिए। साथै अर्काे सांस्कृतिक अनुभव चक्र मेडिटेसन र आयुर्वेदिक परामर्शसम्बन्धी विज्ञापन पनि गरिरहेका थिए। उनको टेक्निक निकै साधारण छ।

भाषा अनुवादक अनुपलाई मैले आफ्नो जन्मस्थान, जन्मदिन र समय उपलब्ध गराएँ। उनले मेरो जानकारी नेपाली एप्समा राखे र एउटा कागजमा ग्रहको संरचनाको नक्सा तयार पारे। जसमा मेरो स्वास्थ, धन, प्रेम र आयु लगायतका भाग्यसम्बन्धित विषयको उल्लेख गरिएको थियो।

अधिकांश ज्योतिषी ग्रहको स्थिति पढेर भविष्यको सम्भावनाका बारेमा बताउँछन् तर बशिष्ठले यसका लागि शैक्षिक ज्ञान हासिल गरेका छन्। उनले प्रशिक्षण तथा हजारौँ ग्राहकसँगको अनुभव समेत बटुलेका छन्। उनले भारतको बनारस विश्वविद्यालयबाट ज्योतिष शास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरेका छन्। त्यस्तै राजयोगमा विद्यावारिधी समेत गरेका छन्।

वशिष्ठको नजिकैको टेवलमा बसिरहँदा के अपेक्षा गर्ने भन्नेबारे म अलमल थिएँ। घरबाट टाढा हुनुको नाताले मलाई केही खुल्ला हुने सुविधा थियो। केहीकुरामा सन्देह सहित अभिवादन गर्न चाहन्छु । उनले मेरो वित्तिय भाग्यका बारेमा बताउन थाले। उनी मेरो नजिकैको कुर्सीमा बसे र मेरो विगतलाई ध्यान नदिई भविष्यका बारेमा बताउन थाले। उनले आफूसँग रहेको चार्टमा हेर्दै परामर्श दिन थाले। उनले अधिकांश समय सिधै मलाई हेरेर आफ्नो भनाई राख्थे। उनले मेरो र श्रीमतीको विवाह स्थायी हुने र आउने तीन वर्ष भित्रमा हामीलाई जुम्ल्याहा एक छोरा र छोरी प्राप्त हुने भविष्यवाणी गरे। उनले सकारात्मक भविष्यवाणी मात्र गरेनन्। उनले मेरो मृत्यु ८७ वर्षमा हुने र हिँड्दाहिँड्दै अचानक मेरो मृत्यु हुने पनि घोषणा गरिदिए। 

वशिष्ठलाई मसँग कुरा गर्नुभन्दा पनि अझ महत्वपूर्ण काम गर्नुपर्ने थियो, उनले अर्थमन्त्री कार्कीको फोन म्युट गरेको धेरै समय भएको थियो । मन्त्रीसँग कुरागर्नु  उनको एउटा महत्वपूर्ण काम थियो । 

(रोस केन्नथ उर्केनले ज्योतिषी सन्तोष वशिष्ठसँग काठमाडौंको द्वारिका होटलमा भेटेपछि https://www.bloomberg.com मा लेखेको संस्मरणको अनौपचारिक अनुवाद,तस्बिर पनि )

ताजा खबर