शाहरूख अख्तरका साथमा ‘डन ३’

२०७४ असार १२ सोमबार ०८:२२:०० मा प्रकाशित

काठमाडौ, १२ असार । बलिउड अभिनेता शाहरूख खान फेरि ‘डन’ बन्ने भएका छन्। ‘डन २’ रिलीज भएको ६ वर्षपछि अब ‘डन ३’ बन्ने भएको छ जसमा शाहरूख फेरि डनको भूमिकामा देखा पर्नेछन्। ‘डन ३’ निर्माण गर्न जुन ‘आइडीया’ को खोजी भइरहेको थियो, त्यो भेट्टाइएकाले फिल्मको तयारी सुरू भइसकेको निर्मातामध्येका एक रितेश सिधवानीले बताएका छन्।

अब यसको स्क्रिप्ट लेखिने र चाँडै घोषणा गरिने पनि उनले बताएका छन्। अब ‘डन ३’ जावेद अख्तर साहबले लेख्ने जानकारी उनका छोरा एवम् अभिनेता फरहान अख्तरले दिएका छन्। डनको भूमिकामा शाहरूख नै हुने भएपनि अन्य कलाकारका बारे भने हाल टुंगो लागेको छैन। तर, फरहानले भने आफ्नो भूमिका रहने बताएका छन्। ‘डन २’ मा प्रियंका चोपडाको पनि मुख्य भूमिका थियो। एजेन्सी

ताजा खबर