‘रअ’का फाउन्डर, जसले सिक्किमलाई भारतमा विलय गराए 

२०७४ माघ ९ मंगलबार ०८:५६:०० मा प्रकाशित

सन १९९६ मा पुरै भारतमा बंगलादेशको २५ औ जन्मोत्सव मनाइदै थियो । यसका लागि बोलाइएको एउटा बैठकमा बंगलादेशी पत्रकारले बैठक हलको पछिल्लो सिटमा स्मार्ट र आकर्षक व्यक्ति देखे । उनले ती व्यक्तिको नजिकै गएर सोधे, सर तपाई त मञ्चमा हुनुपर्ने मान्छे तपाइकै कारणले त १९७१ बंगलादेश पाकिस्तानबाट छुट्टिएर स्वतन्त्र मुलुक भएको हो  । ती व्यक्तिले जवाफ दिए, मैले केही गरेको छैन मञ्चमा बसेका मानिसहरुको प्रशंसा गर्नुपर्छ । आफ्नो पहिचान खुलेपछि उनी हलबाट चुपचाप बाहिर निस्किए । उनको नाम थियो रामेश्वरनाथ काव ।

भारतको खुफिया एजेन्सी रअका जन्मदाता । सन १९८२ मा  फ्रान्सको खुफिया एजेन्सी एसडीईसीईका प्रमुख काउन्ट एलेक्जड द मेरेन्चसँग ७० को दशकमा विश्वका सर्वश्रेष्ठ खुफिया प्रमुखको नाम बताउन भन्दा उनले रामेश्वरनाथ कावको नाम पनि लिएका थिए । कावलाई नजिकबाट चिन्ने रअका पूर्व अधिकारी आरके यादबका अनुसार चीनका प्रधानमन्त्री चाउ एनलाई कावको जाँच गर्ने शैलीबाट यति धेरै प्रभावित भएका थिए की उनले कावलाई आफ्नो कार्यालयमा बोलाएर आफ्नो नीजि सिल भेट दिएका थिए । 

सन १९६८ मा इन्दिरा गान्धीले सीआइए र एआई ६ जस्तै भारतमा पनि बाहिरी खुफिया मामिलाका लागि रिसर्च एण्ड एनालाइसिस विंग (रअ) स्थापना गर्ने निर्णय गरेकी थिइन र रामेश्वरनाथ कावलाई यसको पहिलो निर्देशक बनाएकी थिइन । रअले आफ्नो उपयोगिता १९७१ मा भएको भारत पाकिस्तान युद्धमा सिद्ध गरेको थियो ।

काव र उनका साथीहरुको निगरानीमा भारतमा एक लाख भन्दा बढी मुक्तिवाहिनी जवानहरुलाई प्रशिक्षण दिइएको थियो । कावको खुफिया तन्त्र यति धेरै शक्तिशाली थियो कि उनलाई कुन दिन पाकिस्तानले भारतमाथि हमला गर्दैछ भन्ने कुरा समेत थाहा थियो । रअका पूर्व निर्देशक अनन्तकुमार वर्माका अनुसार पाकिस्तानले भारतमा कहिले हमला गर्दैछ भन्ने कुरा वायरलेसको माध्यमबाट आएको थियो ।

जब कोडेड सूचना विश्लेषण गरियो गल्तीबस तय गरिएको सूचना भन्दा दुई दिन पहिले वायुसेनालाई तयार रहन सूचना दिइयो । दुई दिनसम्म पनि केही नभएपछि वायु सेनाले धेरै दिनसम्म वायुसेनालाई अलर्टमा राख्न नसकिने जनाएको थियो । कावले वायुसेनाका प्रमुखलाई अझै एक दिन कुर्न भनेका थिए । ३ डिसेम्बरमा पाकिस्तानले भारतमाथि हमला गर्यो । त्यसका लागि भारतीय वायुसेना पूर्ण रुपमा तयारी थियो ।

सिक्किम विलयको योजना 

भारतमा सिक्किम विलय गराउनमा रामेश्वरनाथ कावले प्रमुख भूमिका खेलेका थिए । उनले यस कामलाई चार जना अफिसरको सहयोगमै पुरा गरेका थिए । यो पुरै मिशनमा यति गोपनियता अपनाइयो कि उनका सहायक शंकरन नायरलाई समेत यस विषयमा कुनै जानकारी थिएन । रअका पूर्व अधिकारी आरके यादव भन्छन्, सिक्किमको योजना आरएन कावको आवश्यकता थियो तर त्यतिबेलासम्म इन्दिरा गान्धी त्यस क्षेको निर्विवाद नेता बनिसकेकी थिइन् ।

 बंगलादेश स्वतन्त्रतापछि उनीमाथि निकै ठूलो आत्मविश्वास बढेको थियो । उनी आसपासका क्षेत्रको समस्या समाधानको जिम्मा आफ्नै हो भन्ने ठान्थिन । सिक्किम समस्याको शुरुवात त्यतिबेला भयो जब सिक्किमका राजा चोग्यालले एक अमेरिकी महिलासँग विवाह गरे र सिआइएको छिटफूट हस्तक्षेप शुरु भयो । यादव भन्छन्, कावले इन्दिरा गान्धीलाई सुझाव दिँदै सिक्किमलाई भारतमा विलय गराउन सकिने बताएका थिए । यो एक किसिमको रक्तपातविहिन सत्ताकब्जा थियो ।

यो घटना चीनको नाकैमुनि भएको थियो । जुन बेला चिनिया सेना सीमा क्षेत्रमा थिए त्यसको प्रवाह नगरी ३००० वर्ग किलोमिटर क्षेत्रको सिक्किमलाई भारतमा विलय गराइएको थियो । जसको श्रेय रामेश्वरनाथ कावलाई जान्छ । 

ताजा खबर