भूकम्प नै बरदान बन्यो

२०७४ असार ११ आइतबार १४:३५:०० मा प्रकाशित

२०७२ साल वैशाख १२ गते म छोरीको बेलविवाहको लागि काठमाण्डौको चःमतीमा पुगेकी थिएँ । बेलविवाह सकेर प्रसाद खाँदै थिएँ । भूकम्पले जमिन हल्लाउन थाल्यो । हाम्रो छेउको साढे तीन तले घर पल्टियो । दुई तला धस्सिएछ । एक तला हामीपट्टि पल्टियो । दुईटै गोडाको घुँडामुनिको भाग किचेर घाइते भएँ । मेरो अवस्था अत्यन्तै दयनीय थियो ।

 दुईटै गोडा पूरै सुन्निएको थियो । गोडाको घाउ देखेर आफैंलाई घिन लागेको थियो । अब म अपाङ्ग हुन्छु र हिँड्न    सकें ह्वीलचियर वा वैशाखीको सहाराले अलिअलि मात्रै हिँड्न सक्छु भन्ने लाग्यो । सबै जनाले मेरो स्वास्थ्य अब ठीक हुँदैन   भने । जीवनप्रति धिक्कार लाग्यो । मर्न पाए हुन्थ्यो भनेजस्तो भयो । तर, साना दुई बच्चाहरुको यादले जस्तोसुकै पीडा सहेर पनि फेरि बाँच्न मन लाग्यो । शौचालय जान पनि सहारा खोज्नुपर्ने अवस्था आयो । गोरखामा भूकम्पले धेरैलाई झै मलाई पनि ठूलै दर्द दियो । भूकम्पपछि आइरहेका निरन्तर पराकम्पहरुले झनै डर दिन्थे । अब ठूलै भूकम्प आयो भने भाग्न सक्ने अवस्थामा थिइनँ । कसैले बोकेर सुरक्षित स्थानमा लगे मात्र बाँच्न सक्ने अवस्था आयो ।

वैशाख २९ मा अर्को ठूलो भूकम्प गयो । सद्दे मान्छेहरु भूकम्पबाट बच्न दौडेर खुला ठाउँ पुगे । तर म भने भयानक त्रास सम्हालेर जहाँको तहीँ रहेँ । तर, भगवान्को कृपा त्यो भूकम्पले मलाई थप पीडा दिएन । लगातार भूकम्प आउन थालेपछि घरमा बस्ने अवस्था रहेन । वैशाख २९ को भूकम्पपछि सुरक्षित ठाउँ खोज्दै हामी टुँडिखेल गयौं ।

 मेरो अवस्था अत्यन्तै दयनीय थियो । भूकम्पले किचेका मेरा दुईटै गोडा पूरै सुन्निएका थिए । गोडाको घाउ देखेर आफैंलाई घिन लागेको थियो । टुँडिखेल बसाइ, शौचालय पनि टाढा– आउजाउको सकस उस्तै थियो । घाउ छोप्दा गर्मीले पोल्ने, घाउ खुला राख्दा झिंगा–कीराहरु भन्किने गर्थे । पत्रिकाहरु च्यातेर झिंगा हम्कन्थे । बाँच्नु र मर्नुको दोधारमा आँखाबाट आँशुका धारा बग्थे । श्रीमान् र बच्चाहरुले नदेख्ने गरी पुछ्थें । समाजका जान्ने सुन्नेहरु, बूढापाकादेखि डाक्टर, नर्स पढेका सबैले मेरो अवस्था पहिलेको जस्तो हुँदैन भनेर ठोकुवा नै गरे । निको भइहाले पनि अब घस्रेर हिँड्नुपर्ने ठहर गरे । उनीहरुको कुरा सुन्दा मन झन् कुटुक्क दुख्थ्यो । मैले जीवनबाट हरेस खाएँ ।

 कठिन परिस्थितिमा पनि फेरि बाँच्नकै लागि टुँडिखेल आएका हामीहरु जेठ ५ गते घर फर्कने निधो ग¥यौं । भूकम्पसँग डराएर, भागेर कति दिन चल्छ र भनी श्रीमान्–श्रीमती सल्लाह गरेर जेठ ५ गते बेलुका हामी ओटुस्थित घरमै फर्कने निधो गरेका थियौं ।

 तर, भगवान्को कृपा एलपी भानु शर्मा र निर्मला केसी जेठ ५ गते बिहान जीवन विज्ञानको शिविर लिएर टुँडिखेल आउनुभयो । हामीहरु बसेको पाल–पालमै आएर शिविरमा आउन आग्रह गर्नुभयो । योगध्यानबाट जुनसुकै रोगबाट पनि मुक्ति मिल्ने र भूकम्पीय त्रास पनि हट्ने आग्रह गर्दै उहाँहरुले बोलाउनुभयो । उहाँहरुले त्यसो भनेपछि एकपटक गरिहेरौं न त ध्यान–योगले केही भई पो हाल्छ कि भनेर उतिसारो विश्वासै नगरी म पनि जीवन विज्ञानको शिविरमा बच्चाहरु लिएर सहभागी भएँ ।

उहाँहरुले सूक्ष्म व्यायाम गराउनुभयो । मेरो दखल परेको गोडालाई यसरी पल्टाउने, उसरी फर्काउने, दायाँ–बायाँ मर्काउने भनेर विभिन्न तरिका सिकाइदिनुभयो । ध्यान–योग सिकाउने क्रममा भानुगुरुले भन्नुभयो, ‘हामीसँगै औषधिको खानी छ, हाम्रो जीउमै औषधिको भण्डार छ । रोग निवारण गर्न एन्टिबाइटिक जस्ता औषधिहरु किनेर खानै पर्दैन । योग ग¥यो, ध्यान ग¥यो, सूक्ष्म शरीरको व्यायाम ग¥यो भने औषधि आफैं उपलब्ध  हुन्छ ।’

तर, बेलुका सुत्ने बेलामा मैले गोडा सुन्निन कम गर्ने औषधि खान लागेकी थिएँ । त्यतिबेला मेरी साढे ६ वर्षकी छोरीले भनिन्,‘ बिहान भानु गुरुले ध्यान सिकाउँदा हामीभित्रै औषधि छ भनेको हैन रु अनि फेरि हजुरले किन औषधि खान लाग्नुभएको त रु ध्यान गर्नुस् न, हजुरको खुट्टा निको भइहाल्छ नि ।’

 छोरीको कुरा सुनेर म झसंग भएँ । गुरुले भनेको कुरा सम्झिएँ । त्यसपछि पक्कै जीवन विज्ञानमा गुरुहरुले सिकाएको ध्यान, योग र सूक्ष्म शरीरबाट मेरो रोग निको हुन्छ भन्ने दृढ विश्वास गरेँ र निरन्तर जान थालेँ । ध्यान गर्न थालेका डेढ महिनामै अब म पूर्ण स्वस्थ भइसकें भन्ने आत्मविश्वास जाग्यो। मेरो गोडा खुम्च्याउन नहुने थियो । नमस्कार प्राणायामले मेरो गोडालाई औधि नै राम्रो ग¥यो ।

 
अहिले भूकम्पमा परेर यस्तो पीडा खेपेकी थिएँ भन्दा मान्छेहरु पत्याउन गाह्रो मान्छन् । अरु साधारण मान्छेजस्तै पूरै स्वस्थ भइसकेकी छु ।भूकम्पले म घायल मात्र भइनँ– डर, त्रास, तनाव र अब के गर्ने, के नगर्ने भन्ने अन्यौल पनि भयो । तर निर्मला म्यामले हरेक दिन सिकाउनुभएको ध्यान गर्दै गएपछि डरत्रास पनि हट्दै गयो । लगातार पराकम्पनहरु आइरहे पनि डर कम हुँदै गयो । वैशाख २९ को भूकम्पले पनि धेरैतिर क्षति ग¥यो । तर, मेरो जीवन रुपान्तरण गर्न भने त्यही भूकम्प नै अन्ततः बरदान बन्यो ।

 त्यस्तै, ध्यान र सूक्ष्म शरीरको व्यायाम गर्दै गएपछि आत्मविश्वास पनि जाग्रृत हुँदै गयो । पहिला बोल्न धक लाग्थ्यो । चारजना मान्छेका बीच चारवटा कुरा गर्न सकस हुन्थ्यो । मुटु ढुकढुक हुन्थ्यो । जीवन विज्ञानमा निरन्तर लागेपछि अहिले सजिलै बोल्न र आफ्ना कुरा ठूलो समूहमै पनि राख्न सक्ने भएकी छु ।

यसरी जीवन विज्ञानमा लागेर शारीरिक रोग ठीक भयो । अर्को उस्तै महत्वपूर्ण आत्मविश्वास पाएँ । आफूलाई स्वस्थ बनाएँ । अपाङ्ग हुनबाट बचें । मेरी आमाले मलाई जन्म दिनुभयो तर गुरुहरुको कृपा र निर्मला म्यामको प्रशिक्षणपछि मैले पुनर्जन्म पाएँ । यसरी निर्मला म्याम मेरी ‘जननी’ हुनुभयो– पुनर्जन्म दिलाउने माता हुनुभयो ।

 
त्यस्तै, औषधिको भण्डार आफैंभित्र छ भनेर भानु गुरुले मेरो तेस्रो नेत्र खोलिदिनुभयो । त्यसपछि मैले फलानो डाक्टर राम्रो, फलानो औषधि राम्रो भन्दै औषधि, अस्पताल र राम्रा डाक्टर खोजी गर्दै भौतारिनु परेन । मैले त आफ्नै जीवनसँग हार खाइसकेकी थिएँ । तर जीवन विज्ञानले हार खाएन जसले गर्दा मैले पुनर्जन्म पाएँ ।

कहिलेकाहीँ समाचारमा केही नेताहरुका कुरा सुन्दा फलानो जातिलाई हाम्रो पार्टीले राज्य दिन्छ, हाम्रो पार्टीले विभिन्न जाति जनजाति, महिला, अपाङ्ग सबैको अधिकारको लागि लड्छ । केही जातिलाई त राज्य नै दिन्छौं भनेको सुन्छु । काठमाडौं उपत्यकालाई पनि नेवाः राज्य बनाइदिन्छौं भनेको सुन्छु । तर, नेताहरुको यस्तो कुरा सुनेर हाँसो मात्रै उठ्छ । सम्पूर्ण मानव मानव नै हो । सम्पूर्ण मानव मात्रको हित हाम्रो पार्टीको हित हो भन्ने हेक्का ती नेताहरुलाई भएकै छैन । तिनीहरुको कुरा सुन्नु, त्यस्ताको पछि लाग्नु त आफ्नो अमूल्य जीवनलाई बर्बाद पार्नु मात्रै हो । त्यसैले नेताहरुको भ्रमको पछि नलाग्न आग्रह गर्दछु ।

 जीवन विज्ञानबाट मैले स्वास्थ्य पाए, स्वस्थ शरीर पाएँ, महत्वपूर्ण कुरा आत्मविश्वास पाएँ, अन्योलै अन्योलका बीच कसरी निर्णय गर्ने भन्ने क्षमता पाएँ, सम्पूर्ण मानव मानवै हो भन्ने ज्ञान पाए । संकीर्णताको साँघुरो घेराबाट माथि उठें । कठिन भन्दा कठिन दुःखपछि पनि सुख आउने रहेछ भन्ने ज्ञान पाएँ । यस्तो अमूल्य उपहार दिने श्रद्धेय गुरुदेवद्वय र निर्मला म्यामको भने म जुनी–जुनीसम्म सधैं ऋणी मात्रै रहें ।


(सरल पत्रिकाको  लागि दीपक न्यौपानेसँगको कुराकानीमा आधारित)

ताजा खबर