एकल महिलालाई सहयोग गर्न तीन महिला सगरमाथा चढ्ने

२०७४ माघ ६ शनिबार ०६:५२:०० मा प्रकाशित

काठमाडौँ, ६ माघ । वैदेशिक रोजगारीबाट फर्किएका पीडित महिला, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिला पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् । 

‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पा याङ्जी शेर्पा, याङ्डी शेर्पा र पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर आरोहण गर्न लागेका हुन् । पर्यटन पत्रकार संघ नेपालको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा लाक्पा याङ्जीको नेतृत्वमा उनीहरुले आगामी चैत २४ गतेदेखि आरोहण शुरु गर्ने जानकारी दिएका छन्। 

सो अवसरमा लाक्पा याङ्जीले पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै यस क्षेत्रमा महिलाको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ आफूहरु सगरमाथा आरोहण गर्न लागेको बताईन्। एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत आरोहणमा जान लागेका महिला पर्वतारोहीलाई एभरेष्ट हार्डवेयरले आवश्यक सामान उपलब्ध गराउने भएको छ । सोलुखुम्बु घर भएका आरोही तीनै जना लामो समयदेखि पदयात्रा क्षेत्रमा काम गर्दै आएका छन् । रासस

ताजा खबर