म्याड्रिडको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा नेपाल  

२०७४ माघ ५ शुक्रबार १३:४५:०० मा प्रकाशित

स्पेन,६ माघ । स्पेनको राजधानी म्याड्रिडमा आयोजित ‘अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन’ मेलामा नेपालले   सहभागिता जनाएको छ । बुधबारबाट सुरु भएको ’अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन’ मेलामा नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल्स एजेन्सी (नाटा) तथा नेपाल पर्यटन बोर्डको संयुक्त अयोजनामा नेपाल सहित एक सय ६५ राष्ट्रहरुले आ–आफ्नो पर्यटन प्रवद्र्धनका लागि कला संस्कृति भेषभूषामा स्टलहरु राखेर पर्यटक आकर्षित गरी रहेका   छन् ।

नेपाल पर्यटन प्रवद्र्धन बोडले नाटासँगको सहकार्यमा नेपाललाई विश्व समुदायबीच नेपाल सुन्दर शहर चिनाउन विभिन्न एघार कम्पनीसंँग आफ्नो स्टल राखेर नेपाल सम्बन्धि जानकारी गराईरहेकोे पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले बताए । निमित्त निर्देशक शर्माले भने ‘हिमाल,तथा ट्रयाकिङ्गको मात्र देश नेपाल नभएर नेपाली कला संस्कृति भेषभूषा तथा नेपाली रहनसहन रीतिरिवाज एवम् जंगलसफारीको सुविधा भएकाले एक पटक नेपाल घुम्न जाउ भनेर पर्यटनहरुलाई सल्लाह सुझाव दिने गरेको बताउँछन् । ’ 

स्पेनको म्याड्रिडमा लामो समय देखि बस्दै आएका रामकृष्ण पुडासैनिले भने – ‘नेपाल पर्यटन बोर्डले हरेक वर्ष नेपाल चिनाउने भनेर अर्बौ खर्च गरेता पनि नेपाल विश्वको अगाडि शान्त्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी चिनाउने स्टलमा कुनै तस्विर नभएकोमा उहाको गुनासो रहेको थियो ।

 एनआरएनए युरोपका उपसंयोजक तथा पर्यटन बोर्डका मानार्थ जन प्रचार–प्रचार प्रतिनिधि एकराज गिरीले विश्व सामु नेपालको पर्यटन प्रर्वद्धनमा विश्वमा रहेका नेपालीहरुले नेपालको आर्थिक विकाश तथा प्रर्यटन प्रर्वद्धनमा सहयोग गर्ने उदेश्यले प्रत्यक्षअप्रत्यक्ष रुपमा नेपाल र नेपालीहरुको कला सांस्कृतिलाई चिनाउने काम विभिन्न गतिविधि सहित कार्यक्रम भैरहेको बताउँछन् ।

एनआरएनए म्याड्रिडका पूर्व अध्यक्ष रोशन पाठक नेपाली जहाँ भएता पनि नेपालको कला संस्कृतिलाई माया गर्ने भएकाले देशको समृद्धिका लागि हरेक नेपालीहरुले नेपालको हितमा देशलाई उच्च स्थानमा राखेर नेपालीहरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोमा गर्व लागेको बताउँछन् ।
मेलामा सहभागि भएका अर्का नेपाली गोपाल सापकोटा भने’नेपाली संस्कृति तथा कलात्मक भेषभुषामा नेपालले आफ्नो पर्वद्धन नगरेको भएता पनि नेपालीहरु नेपाली ढाका टोपीमा सजिएर  मेलालाई नेपाली पन दिएकोमा खुशि लागेको बताउँछन् ।

एनआरएनए स्पेनका क्षेत्रिय सचिव जीवन प्रसाई नेपालको पर्यटन प्रवद्र्धनका लागी म्याड्रिडबासी नेपालीहरुले नेपाली कला संस्कृतिलाई युरोपमा चिनाउन लागी बेला बेलामा मनोरञ्जनात्मक कार्यक्रमहरु सहित विभिन्न गतिविधिहरु संञ्चालन गरेको बताउँछन् ।   
 

ताजा खबर