‘राजा’ सुध्रिए कि सुध्रिएनन् 

२०७४ असार ११ आइतबार ०८:४४:०० मा प्रकाशित

गायक हेमन्त रानाले गाएको चर्चित गीत ‘चालिस कटेसी रमाउला’लाई चलचित्र  ‘छक्का पन्जा २’को टिजरमा समावेश गरिएको छ । यो गीतमा विदेश गएका श्रीमानले श्रीमतिलाई ४० कटेपछि रमाउला भनेको प्रसंगलाई उल्लेख गरिएको छ ।

दीपाश्री निरौला निर्देशित यो चलचित्रको टिजरमा भने प्रमुख पात्र दीपकराज गिरी अर्थात राजा र अर्का कलाकार वुद्धि तामाङको संवादलाई स्थान दिइएको छ । ‘श्रीमान् ४० कटेपछि फर्किएर रमाउने तर त्यो भन्दा अगाडि त मैले नै हो घुमाउने’ भन्दै राजाले आफू सुध्रिएको वा नसुध्रिएको हेर्न असोज ११ गते पर्खनुपर्ने बताएका छन् ।

यो गीत टिजरमा मात्र समावेश गरिएको हो । दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको कथावस्तुलाई भने अहिलेसम्म सस्पेन्स नै राखिएको छ ।

ताजा खबर