शिल्पा शिंदे बनिन बिग बोस ११ को विजेता 

२०७४ माघ १ सोमबार ०८:३४:०० मा प्रकाशित

चर्चित टेलिभिजन सिरियल भाबी जी घर पर है मा अंगुरी भाभीको भूमिका निर्वाह गर्ने शिल्पा शिंद रियालिटी शो बिग बोस ११ को विजेता बनेकी छिन् ।

आइतबार साँझ भएको ग्राण्ड फिनालेमा उनले हिना खानलाई हराएर बिग बोसको ताज पहिरिएकी हुन् । बिग बोसलाई विशेष बनाउनका लागि सलमान खानसँगै अक्षय कुमार पनि आफ्नो चलचित्र प्याडम्यानको प्रमोसन गर्न पुगेका थिए ।

बिग बोसको घरमा शिल्पाले एक सय ५ दिन बिताइन । आइतबार साँझ फाइनलका बेला घरबाट बाहिर निस्कने प्रक्रिया चलिरहेको थियो । 
बिगबोसका बिजेता शिल्पाले ट्रफि सहित ४४ लाख लाख भारतीय रुपैयाँ नगद हात पारेकी छिन् ।  

सन १९९९ बाट टेलिभिजन करियर शुरु गरेकी शिल्पा अंगुरी भाभीको भूमिकामा निकै लोकप्रिय भएकी थिइन् । तर २०१६ मा निर्मातासँग विवाद भएपछि उनी उक्त सिरियलबाट बाहिरिएकी थिइन् । उनले निर्मातालाई यौन उत्पीडनको आरोप लगाएकी थिइन । उनी उक्त शो बाट बाहिरिएपछि लामो समयसम्म बेरोजगार भएकी थिइन ।  
 

ताजा खबर