मार्च ९ मा सलमान नेपाल आउने 

२०७४ पौष २९ शनिबार २१:०२:०० मा प्रकाशित

काठमाडौं,२९ पौष  ।  सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ को लागि बलिउड नायक सलमान खान नेपाल आउँदै छन् । १९९४ पछि सलमान दोस्रोपटक नेपाल आउन लागेका हुन् ।  मार्च ९ अर्थात फागुन २५ मा उनी काठमाडौं  विमास्थलमा अवतरण गर्नेछन् ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिने छन् । उनले करिब ३ घण्टा स्टेजमा तताउने छन्।

सलमान लगायत अन्य कलाकारहरु तीन दिको लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।   ‘दबंग द टुर’ मार्च ९ मा नेपाल आउने तीन दिन नेपाल बस्ने र  ११ मार्चमा पुनः मुम्बई फर्किनेछ ।

‘दबंग द टुर’ मार्च १० अर्थात फागुन २६ मा टुडिखेलमा हुनेछ । हङकङबाट सुरु भएको टुर न्युजिल्यान्ड, अस्ट्रेलिया इन्डियामा भैसकेको छ भने अमेरिकामा हुन बाँकी छ ।  

ताजा खबर