आजदेखि ३५ जिल्लाका शिक्षणसंस्था बन्द

२०७४ असार ११ आइतबार ०६:५८:०० मा प्रकाशित

काठमाडौं, ११ असार ।  स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत असार १४ गते हुने निर्वाचनलाई लक्षित गरी आइतबार (आज) देखि शिक्षणसंस्था बन्द हुने भएका छन् । निर्वाचनलाई लक्षित गर्दै प्रदेश १, ५ र ७ का ३५ जिल्लाका शिक्षणसंस्था आइतबारदेखि चार दिन बन्द रहने भएका हुन ।

निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्को असार ८ गते बसेको बैठकले शिक्षण संस्था चार दिन बन्द गर्ने तथा असार १४ गते एक दिन तीनै वटा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

ताजा खबर