मण्डलाले माघी उत्सव गर्ने 

२०७४ पौष २८ शुक्रबार १३:३०:०० मा प्रकाशित

काठमाडौं, २८ पौष । मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छन् ।

यस पर्वमा तिलको लड्डु अनिवार्य रुपमा खाने चलन छ । तिल खाएमा मकर संक्रान्तीको दिनदेखि सूर्य मकर राशिदेखि कर्कट राशिमा जाने र दिन लामो तथा रात सानो तिलको नापको आधारमा रहने किम्बदन्ति रहेको छ ।

माघी पर्व हर्ष उल्लास मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिका लागि मनाउँदै आएपनि मण्डला थिएटरले भने थारु समुदाय र कलाकारबीचको सदभाव बढाउनका लागि माघी आयोजना गरेको मण्डला माघि आयोजनाका संयोजक प्रदिप कुमार चौधरीले बताए  ।

माघीमा थारु समुदायले खाने परिकारहरु, थारु भेषभुषा, थारु नाचगान आदि प्रस्तुत गर्ने योजना रहेको संयोजक चौधरीको भनाई थियो ।  
माघी पर्व थारु समुदायमा नयाँ वर्ष र नयाँ काम थालनीको रुपमा मनाउने भएकाले यस वर्ष मण्डला थिएटरमा थारु विशेष वर्ष मनाउने योजना गरेको पनि उनले जानकारी दिए । 

ताजा खबर