ऋतिकलाई बाबुको उपहार र पुर्वपत्नीको शुभकामना 

२०७४ पौष २७ बिहीबार १३:२२:०० मा प्रकाशित

मुम्बई ।  ‘कहो ना प्यार हे’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता ऋतिक रोशनले आज आफनो ४४औं जन्मोत्सव मनाउँदै छन्। बलिउडमा ३ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनी एक राम्रा नृत्य गर्ने कलाकार पनि हुन ।ऋतिकको जन्मदिनमा बलिउडका हस्तीहरुका साथै हजारौं प्रशंसकहरुले शुभकामना दिइरहेका छन्। यसै क्रममा उनलाई जन्मदिनको अवसर पारेर ऋतिकका बुवा राकेश रोशनले उनलाई सबैभन्दा ठूलो उपहार दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राकेश रोशनले आफ्नो ट्वीटरमा कृष सीरीजको चौथो भागको प्रर्दशन मितीको घोषणा गरेर छोरा ऋतिकलाई यो उपहार दिएका हुन् ।

यस्तै  धेरै फिल्महरुमा राम्रो  अभिनय गरेर नाम कमाएका  ऋतिक विवाहित पनि हुन तर  अहिले भने उनी एक्लै छन्। उनको १४ वर्ष लामो दाम्पत्य जीवन पत्नी सुजैनसँग  सन् २०१४ मा अन्त्य भएको थियो।

यी दुई बिचको सम्बन्ध अत्य भएपनि  पूर्वपत्नी सुजैनले ऋतिकलाई जन्मदिनमा इन्स्टाग्राम मार्फत शुभकामना दिएकी छन्। उनले आफू र ऋतिक सहितको सेल्फी पोस्ट गर्दै लेखेकी छिन्, ‘तिमी मेरो जिन्दगीको उज्यालो बन्छौं। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। सधैं हाँसिरहनू। तिम्रो हाँसोले सधैं जीवनमा उज्याले ल्याइरहोस् ।

ऋतिक र सुजैनका दुई छोरा रेहान र रिदान छन्। एजेन्सीको सहयोगमा 

ताजा खबर