कविता महोत्सवमा रानाहँछा प्रथम 

२०७४ असार १० शनिबार ०७:४४:०० मा प्रकाशित

काठमाडौं, १० असार ।  नेपाल प्रज्ञा प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । उनी महोत्सवमा सहभागी ३२ प्रतियोगीलाई उछिन्दै प्रथम भएका हुन् । उनले ‘आँधीको यात्रा’ शीर्षकमा प्रस्तुत गरेको कविता प्रथम भएको हो ।

 रानाहँछाले ‘थिविया चराको गीत’ कवितासङ्ग्रह पनि प्रकाशन गरेका छन् । त्यस्तै, महोत्सवमा भोजपुरका सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता दोस्रो भएको छ । दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेकी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ कविता तृतीय भएका छन् ।

ताजा खबर