यौन हिंसाविरुद्ध गोल्डेन ग्लोब अवार्ड २०१८ 

२०७४ पौष २४ सोमबार १४:२८:०० मा प्रकाशित

काठमाडौं, २४ पौष । गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा चारवटा अवार्ड जितेको छ । टेलिभिजन तर्फ बिग लिटल लाइज विजयी भयो । यसवर्षको ‘सेसिल बी डिमिली अवार्ड’ भने प्रस्तोता ओपरा विनफेरीले हात पारेकी थिइन् ।

साम रकवेलले ‘थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट सहअभिनेताको अवार्ड जितेका थिए भने टेलिभिजन सिरिज म्युजिकल अर कमेडी विधाका लागि ‘द मार्भेलस मिसेस माइजल’ बाट रिचेल ब्रोसनहनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । अभिनेत्री एलिजाबेथ मोसले ‘द ह्याण्डमेड्स टेल’ बाट टेलिभिजन सिरिज ड्रामा विधामा उत्कृष्ट अभिनेत्री घोषित भइन्  ।  जर्मनी फिल्म ‘इन द फेड’ले उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड हात पार्न सफल भएको थियो ।

‘फार्गो’ फिल्मका लागि – इवान म्याकजर्जले उत्कृष्ट अभिनेता लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजनविधाको अवार्ड जिते । ‘द मार्भेलस मिसेस माइजल’ ले  उत्कृष्ट टेलिजिन सिरिज म्युजिकल अर कमेडी विधाको अवार्ड जित्न सफल भएको थियो । उत्कृष्ट अभिनेता टेलिभिजन सिरिज म्युजिकल अर कमेडी विधामा भने अजिज अन्सारीले ‘मास्टर अफ नन’ अवार्ड जिते । उत्कृष्ट निर्देशक मोसन पिक्चरका लागि ‘द सेप अफ वाटर’बाट गिलेर्मो डेल तोरो, उत्कृष्ट टेलिभिजन लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजनतर्फ ‘बिग लिटल लाइज’ र उत्कृष्ट अभिनेत्री मोसन पिक्चर कमेडी अर म्युजिकलअन्तर्गत ‘लेडी बर्ड’बाट सेइर्स रोनेनले प्राप्त गरेका थिए ।

यस्तै ‘लेडी बर्ड’ ले उत्कृष्ट मोसन पिक्चर कमेडी अर म्युजिकल, ग्यारी ओल्डम्यानले ‘डार्केस्ट आवर’को लागि उत्कृष्ट अभिनेता मोसन पिक्चर, ड्रामा, फ्रान्सिस म्याकडोरमाण्डले ‘ थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी’ बाट उत्कृष्ट अभिनेत्री  मोसन पिक्चर ड्रामा प्राप्त गरेका थिए । उत्कृष्ट अभिनेता टेलिभिज सिरिज ड्रामाविधामा ‘दिस इज अस’बाट स्टर्लिङ के ब्राउन, ‘द ह्याण्डमेडस् टेल’उत्कृष्ट टेलिभिजन सिरिज ड्रामा, अलेक्जेण्डर स्कास्र्गार्डले ‘बिग लिटल लाइज’ उत्कृष्ट सहअभिनेता सिरिज लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन, एलेक्सान्डर डेस्प्लेट ‘द सेप अफ वाटर’बाट उत्कृष्ट ओरिजिनल स्कोर मोसन पिक्चर प्राप्त गरेका थिए ।

ताजा खबर