हीरक जयन्ती मनाउन करोड

२०७४ पौष २४ सोमबार १३:१५:०० मा प्रकाशित

बागलुङ, गुल्मी, २४ पाैष ।  बागलुङको जनजागृति माध्यमिक विद्यालयको हीरक जयन्ती सम्पन्न गर्न झण्डै एक करोड आर्थिक सहयोग संकलन गरिएको छ । हीरक जयन्तीलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीबाट विद्यालयले हालसम्म रु ९२ लाख सहयोग जुटाएको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिए । 
गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० आँै वर्ष पूरा गरेको अवसरमा यही माघ १० देखि १४ सम्म हीरक जयन्ती मनाउन लागिएको हो । 
हीरक जयन्ती नजिकै आउन लाग्दा विद्यालयले स्वदेश तथा विदेशमा विभिन्न शहर बजारमा हीरक जयन्तीको प्रचारप्रसारसँगै आर्थिक संकलनलाई तीव्रताका साथ अगाडि बढाइएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिए । रासस

ताजा खबर