कटुवाल पुगे सिलीगुडी

२०७४ पौष २४ सोमबार १३:०८:०० मा प्रकाशित

काठमाडौं, २४ पौष । हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफनो मेकअप स्टृुडियोलाई भारतको वेष्ट बंगालस्थित सिलीगुडीमा विस्तार गरेका छन् । केही वर्षदेखि सिलुगडीमा हेयर सलुन सञ्चालन गर्दै आएका डेभिडले सलुनसँगै एनडीके मेकअप स्टुडियो तथा एकेडेमी पनि खोलेका हुन् । अन्तराष्ट्रियस्तरको उनको एनडीके मेकअप स्टुडियो तथा एकेडेमीको एक समारोह बिच आमा तुलसा सिलवालले शुभारम्भ गरेकी हुन् ।

कार्यक्रममा निल डेभिडले आप्mनो मेकअप स्टुडियो र सलुन सन् २०१६ मा काठमाडौं र झापाको विर्तामोडबाट सञ्चालनमा ल्याएको जानकारी गराउँदै सिलुगुडीका सौन्दर्य पारखी तथा सेलिब्रेटीको माग बमोजिम त्यहाँ पनि मेकअप स्टुडियो र एकेडेमी सञ्चालनमा ल्याइने बताए ।

निलले थाइल्याण्ड, नयाँ दिल्ली, सिंगापुर र थाइल्याण्डका नाम चलेका हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टहरुका साथ हेयर स्टाइल र मेकअप सम्बन्धी तालिम र अध्ययन पछि नेपालमा आएर यी विधामा काम गर्न थालेका हुन् । विभिन्न नेपाली सेलिब्रेटीलाई हेयर स्टाइल मार्फत नयाँ लुक्स प्रदान गर्दै नेपाल र भारतका विभिन्न स्थानमा हेयर सलुन सञ्चालन गरी पहिलो नेपाल आइडलको हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिष्टसमेत रहेका निलले झापाको लक्ष्मीपुर स्थित जन्मथलोमा एसियाकै ठुलो हेयर एकेडेमी सञ्चालनमा ल्याउन लागेका छन् ।
 

ताजा खबर