भौतिक संरचनामा सहयोग

२०७४ पौष २३ आइतबार १४:२१:०० मा प्रकाशित

पथरी, मोरङ, २३ पाैष । उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गरेका छन् । उहाँले उर्लाबारी–९ स्थित खोपीडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा रु दुई लाख ७४ हजार ३८० खर्च गरी विभिन्न भौतिक संरचना निर्माण गरी सहयोग गरेका हुन्। समाजसेवी श्रेष्ठले विद्यालयमा पर्खाल र मञ्च निर्माण गरिदिनुका साथै रङरोगन तथा घेराबारा निर्माण गरिदिनुुभएको विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले जानकारी दिए । 
सो विद्यालयका पूर्वविद्यार्थी समेत रहनुभएका श्रेष्ठले आफू पढेको विद्यालयको स्तरोन्नति गर्नु आफ्नो पनि कर्तव्य सम्झेर सहयोग गरेको बताए । 

ताजा खबर