‘ब्रेक फेल’बाट संगीतमा भिजेकी दीपाश्रीकी बहिनी रानु 

२०७४ पौष २२ शनिबार ०९:३७:०० मा प्रकाशित

 काठमाडौं । रानु निरौला सांगीतिक बजारमा उदाउँदो नाम हो । विराटनगरकी रानु संगीत संसारमा निकै चर्चामा छिन्। एक दशक ब्यूटिपार्लर व्यवसायमा संलग्न उनको सांगीतिक यात्रा औपचारिक रुपमा दुई वर्ष पहिले अघि बढेको हो।  ‘ब्रेक फेल’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी रानुको अहिलेसम्म ७ वटा म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भइसकेको छ। अब्बल गायकीका कारण छोटो समयमै चर्चा कमाउन सफल उनी गायिकामात्रै नभएर शब्दरसंगीत रचना पनि गर्छिन्। 

निकट भविष्यमै उनले आफ्नै शब्द र संगीत रहेको ‘आगो आगो’ बोलको ‘क्लब सङ्’ बजारमा ल्याउँदै छिन्। अहिले सो गीतको म्यूजिक भिडियो बनाउने काम भइरहेको छ। त्यस्तै पिरतीको फुल बोलको आधुनिक गीत पनि रेकर्डिङ भइसकेको र त्यसको म्यूजिक भिडियो बनिरहेको रानुले जानकारी दिइन्।
 
सुरिलो स्वरकी धनी रानु आफ्नै कला र गलाका कारण चर्चित छिन् नै त्यससँगै उनीसँग अर्को रहस्यमय परिचय पनि छ। उनी चर्चित हास्य कलाकार तथा चलचित्र निर्माता÷नायिका दीपाश्री निरौलाकी कान्छी बहिनी पनि हुन्।  यो कुरा धेरैले अनुहार हेरेर अनुमान लगाउन सक्छन् किनकी रानुको दीपाश्रीसँग काटीकुटी अनुहार मिल्दछ। दिदीसँग अनुहार मिलेकै कारण धेरै ठाउँमा ‘दीपाश्री निरौला’ भनेर मानिसहरु झुक्किने गरेको अनुभव सुनाउँछिन् उनी।  

सानै उमेरदेखि गीत संगीतमा रमाउने उनी भजनकीर्तन गाउँनेदेखि गाउँमा हुने कार्यक्रमहरुमा नाँच्ने पनि गर्थिन् । औपचारिक शिक्षा संगीत क्षेत्र नभएपनि आफ्नो २÷३ वटा गीत सार्वजनिक भइसकेपछि संगीतकार÷कम्पोजर नरहरी प्रेमीको श्रुति संगीतालयमा भोकल क्लास लिन सुरु गरेकी उनी अहिले पनि त्यही सिकिरहेकी छिन्। 

रानुले आफ्नो गीत सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि पर्फमेन्स दिने गरेकी छिन्। अहिलेसम्म देशभित्र हुने विभिन्न कार्यक्रमहरुबाट दर्शकको मन जितेकी उनले विदेशको कार्यक्रममा समेत जाने तयारी गरिरहेको योजना सुनाइन्। गायिका रानु वग्गी एण्ड हर्ष राइडिङको ब्राण्ड एम्बेस्डरसमेत हुन्।

ताजा खबर