१९७२ पछि अन्तरिक्ष यात्रा सुस्तायो

२०७४ पौष २२ शनिबार ०८:४०:०० मा प्रकाशित

यो एउटा सानो कदम पुरै मानव जातिको लागि ठूलो छलाङ साबित हुनेछ । चन्द्रमामा पहिलो पाइला राख्नेहरुले भनेका थिए । २१ जुलाई १९८९ को त्यो दिन नील आर्मस्ट्रङ्गले चन्द्रमामा पाइरा राखेर इतिहास रचेका थिए । यस पछि अन्य पाँच अमेरिकी यान चन्द्रमामा पठाइयो । 

१९७२ मा चन्द्रमामा पुग्ने यूजीन सेरनन अन्तिम अन्तरिक्ष यात्री थिए । त्यसपछि हालसम्म कोइ पनि मानिस चन्द्रमामा गएका छैनन् । तर झण्डै आधा सताब्दिपछि अमेरिकाले चन्द्रमामा मानव मिशन पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन् । तर प्रश्न उठछ, अमेरिका वा अन्य देशले आधा सताब्दिसम्म पनि किन अन्तरिक्ष यात्रीलाई चन्द्रमामा किन पठाएनन ? 

वास्तवमा चन्द्रमामा मानव पठाउने अभियान निकै महंगो अभियान हो । लस एन्जल्स विश्वविद्यालयमा खगोल विज्ञानका प्राध्यापक माइकल रिचका अनुसार चन्द्रमामा मानव मिशन पठाउन निकै खर्च हुन्छ । जबकी यसको बैज्ञानिक फाइदा कम हुने गरेको छ । 
विज्ञहरुका अनुसार यस मिशनमा वैज्ञानिक चासो भन्दा धेरै राजनीतिक कारण थियो । अन्तरिक्ष नियन्त्रणको होडमा यस्तो गरिएको थियो । सन २००४ मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले ट्रम्पले जस्तै मानव मिशन पठाउने प्रस्ताव गरेका थिए । यसमा १०४००० मिलियन अमेरिकी डलरको अनुमानित बजेट बनाइएको थियो । तर ठूलो बजेटका कारण त्यतिबेला पनि यो प्रोजेक्ट सेलाएको थियो । 

विज्ञहरुले यसपटक पनि पहिलेकै जस्तै हुने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । किन भने राष्ट्रपति ट्रम्पले यसमा हस्ताक्षर गर्नुभन्दा पहिले सिनेटमा छलफल समेत गरेनन् । प्राध्यापक माइकल रिचका अनुसार यस्तो मिशनमा वैज्ञानिक फाइदा कम हुन्छ त्यसैले यस्तो मिसन प्राथमिकतामा पर्दैन । त्यस्तै अर्काे कारण नासा वर्षाैँदेखि अन्य महत्वपूर्ण प्रोजेक्ट पुुरा गर्न लागि परेको छ । पछिल्ला वर्षहरुमा नासाले नयाँ उपग्रह, बृहस्पतिमा खोज, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कक्ष लन्च तथा अन्य आकाश गंगा तथा ग्रहरुमाथि शोध गरिरहेको छ ।

नासाले वर्षाैँदेखि चन्द्रमामा पुनः मानव मिशन पठाउने वकालत गरिरहेको छ । उसले यसका लागि बैज्ञानिक कारण देखाउँदै आएको छ । नासाका अनुसार मानव मिशन चन्द्रमामा जाँदा कैयाँै नयाँ जानकारी मिल्ने विश्वास गरिएको छ ।
सरकारी र नीजि क्षेत्रबाट कोशिस पहिले पनि भएका थिए । चन्द्रमामा पुग्ने मात्र होइन, मानव बस्ती बसाल्ने जस्ता महत्वकांक्षी योजना समेत प्रस्तुत गरिएको थियो । यी योजना कम खर्च लाग्ने प्रविधि र स्पेसक्राफ्टको निर्माणमा आधारित छन् । चीनले २०१८ र रुसले २०३१ सम्ममा चन्द्रमामा मानव मिशन पठाउने योजना बनाएका छन् ।

यस बीचमा कैयाँै प्राइभेट उपग्रहले स्पेस व्यापार मोडल ल्याउने योजना पनि सार्वजनिक भएका छन् । जसमा चन्द्रमामा खनिजको उत्खनन तथा चन्द्रमाबाट ल्याएका बहुमूल्य धातुको बिक्रिवितरण योजना रहेका छन् । अमेरिका अन्तरिक्षको यस डौडमा कसैभन्दा पछि हुन चाहदैन । नासाको योजनाका लागि यस पटक बनाइएको बजेट आम बजेटको एक प्रतिशत हो । जबकी पहिले अन्तरिक्ष कार्यक्रमका लागि उक्त बजेट कुल बजेटको ५ प्रतिशत थियो । बीबीसीबाट ।
 

ताजा खबर