साथीका श्रीमतिसँग सुत्न मनपराउँथे अमेरिकी राष्ट्रपति ट्रम्प

२०७४ पौष २१ शुक्रबार ०८:२१:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव जितेपछि खुसी त थिए तर उनले आफ्नो सपथ ग्रहण समारोहको आनन्द लिन सकिरहेका थिएनन् । उनलाई ह्वाइट हाउस प्रवेशमा समेत डल लागेको थियो । पत्रकार माइकल वुल्फले आफ्नो पुस्तक फायर एण्ड फ्यूरीः इनसाइड द ट्रम्पस् मा यस्तो दाबी गरेका छन् । उनले ट्रम्पकी छोरी इभान्का ट्रम्पको ह्वाइट हाउस पुग्ने महत्वकांक्षाका बारेमा पनि उल्लेख गरेका छन् । लेखकले २०० भन्दा बढी अन्तवार्तामा आधारित भएर यो पुस्तक लेखेको दाबी गरेका छन् । तथापि ह्वाइट हाउसका सचिव सारा सेन्डर्सले पुस्तकमा दिइएको जानकारी झुठो र भ्रमित पार्ने किसिमको रहेको भन्दै खण्डन गरेका छन् । 
साथीका श्रीमती मनपथ्र्याे 
पुस्तकमा ट्रम्प आफ्ना साथीका श्रीमतिहरुका साथमा सुतेको कुराका बारेमा वर्णन गरिएको छ । यतिसम्म कि उनले साथीका श्रीमतिसँग सुत्दा जीवन जिउन लायक भएको दाबी गरेको समेत उल्लेख गरिएको छ । 
सपथ समारोहमा बेखुस थिए ट्रम्प 
वुल्फले आफ्नो पुस्तकमा सपथ समारोहमा ट्रम्प बेखुस भएको उल्लेख गरेका छन् । उनी हरेक समयमा श्रीमतिसँग झगडा गरिरहेका थिए । ट्रम्पका कारण श्रीमती मेलानियाको अवस्था यस्तो भएको थियो कि उनी जतिबेला सुकै रोइरहेकी थिइन । पुस्तकमा ह्वाइट हाउसमा ट्रम्प र श्रीमती मेलानिया अलग अलग कोठामा सुत्ने उल्लेख गरिएको छ । यस भन्दा पहिले राष्ट्रपति क्यानेडी र उनकी श्रीमती पनि फरक फरक कोठामा बस्ने गर्थे । पुस्तकमा शुरुवाती दिनमा ट्रम्पलाई ह्वाइट हाउसमा डर लाग्ने गरेको उल्लेख गरिएको छ ।
पुस्तकमा ट्रम्पलाई आफ्नो जितको विश्वास नरहेको दाबी गरिएको छ । वुल्फले लेखेका छन, ट्रम्पका छोराले आफ्ना साथीहरुलाई बताएका थिए, जब ट्रम्प जित उन्मुख भए उनको अनुहार भुतको जस्तै देखिएको थियो । श्रीमती मेलानियाको आँखामा आँसु थियो तर त्यो खुसीको आँसु थिएन । बीबीसी हिन्दीबाट ।
 

ताजा खबर