‘सरजमिन’ अब पूर्वाञ्चलका ८ शहरमा

२०७४ पौष २० बिहीबार २१:२५:०० मा प्रकाशित

काठमाडौं, २० पौष । मण्डला  थिएटरले नाटक ‘सरजमिन’लाई पूर्वाअञ्चलका आठ शहरहरुमा प्रदर्शन गर्ने भएको छ। लेट्स इन्टरटेन्मेन्ट प्रालि र मण्डला थिएटर नेपालको सहकार्यमा  ‘सरजमिन’ लाई प्रर्दशन गर्न लागिएको आयोजकले जानकारी गराए ।

प्रवीण खतिवडाले निर्देशन गरेका नाटक ‘सरजमिन’मा  बुद्धी तामाङ, बिजय बराल, विकास जोशी,  उमेश तामाङ,  सोमनाथ खनाल,  रञ्जना ओली, बिनिता गुरुङ्ग,  संयोग गुरागाई,  रोहित पौडेल,  सिजन दाहाल, इँगिहोपो कोइँच सुनुवार लगायतको अभिनय रहेको छ।

पुष २४ गते इटहरीबाट शुरु हने नाटकलाई लेटाङ, बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट, रमाईलो हुदैँ माघ ८ गते बिराटनगरमा समापन गरिने छ।

नाटक सँगै कलाकार राजन खतिवडा र प्रविण खतिवडा लगाएत नाट्य यात्रामा सरिक अन्य कलाकारहरुले  स्थानीय स्तरमा नाटक गरिरहेका र सिक्न चाहने २५ कलाकारहरुका लागि कम्तिमा ५० घण्टे प्रशिक्षण समेत दिनेछन्।  उक्त प्रशिक्षणको सुपरिवेक्षण अभिनेता दायाहाङ राईले गर्ने कार्यक्रम रहेको छ । 

ताजा खबर