पीजी पढ्न ३१ लाख

२०७४ असार ९ शुक्रबार १०:१६:०० मा प्रकाशित

काठमाडौं, ९ असार ।   राजनीतिक दबाबका कारण चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले गरेको सिफारिश र प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले निजी मेडिकल कलेजेको पीजी (एमडी, एमडीएस) अध्ययनका लागि ३१ लाख रुपियाँ तोकेको छ ।

पीजी अध्ययनका लागि २६ लाख ८० हजार रुपियाँ लिनुपर्ने भन्दै आईओएमले गरेको सिफारिश र २० लाख रुपियाँभन्दा बढी नलिने गरी सरकारले डा. केसीसँग गरेको सम्झौताविपरीत कार्यकारी परिषद्ले शुल्क तोकेको हो ।

डा. केसी र सरकारको सम्झौतापछि गठित डा. केदारभक्त माथेमा संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनले सरकारी मेडिकल कलेजमा पीजीको शुल्क निःशुल्क गर्ने र निजी मेडिकल कलेजको पनि बिस्तारै घटाउँदै लग्नुपर्ने सुझाव दिएको छ । काठमाडौं विश्वविद्यालयले समेत आफूबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजमा २२ लाख ८० हजार रुपियाँ तोकेको छ ।

ताजा खबर