दरबार हाइस्कुल निर्माणको डिजाइन

२०७४ असार ९ शुक्रबार १०:१२:०० मा प्रकाशित

काठमाडौं ९ असार ।  भूकम्पले भत्काएको  दरबार हाइस्कुलको दुई वर्षपछि बल्ल डिजाइन बनेको छ । सो स्कुल भवनको पुरानै आकृतिमा सिमेन्ट र रड प्रयोग गरिने भएको छ ।

चिनियाँ दूतावासलले प्रिमिलिनरी डिजाइन शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, राष्ट्रिय पूनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिकालाई केही दिनअघि  प्रस्तुत गरेको हो । केन्द्रीय आयोजना एकाइका अनुसार दूताबासले प्रस्तुत गरेको डिजाइनमा लगभग सबैको सहमति रहेको  छ  ।

अब बन्ने दरबार हाइस्कुल चारतले हुने र ३५ वटा कोठा हुनेछन् । सो भवन दरबार हाइस्कुल र संस्कृत माविले प्रयोग गर्ने छन् । भनवमा दुई विद्यालयका लागि दुईवटा गेट रहने व्यवस्था गरिएको छ 

ताजा खबर