माघ १६ मा सर्यो कामना अवार्ड

२०७४ पौष २० बिहीबार ११:४७:०० मा प्रकाशित

काठमाडौं, २० पौष ।  यही पुस २२ गते गर्ने भनिएको  ‘कामना फिल्म अवार्ड’ अब माघ १६ गते हुने भएको छ । सिने मासिक पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त अवार्ड कार्यक्रम  प्राविधिक कारणले माघ १६ गते सारिएको आयोजक कामना सिने मासिकले जनाएको छ ।

सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सीजी कामना फिल्म अवार्डको तेस्रो संस्करण  ३२ विधामा अवार्ड कलाकार तथा प्राविधिकलाई दिइनेछ । ‘सम्मान चलचित्रकोः उत्सव उत्कृष्टता’ को  नारासहित हुन लागेको अवार्डमा फिल्म क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक–एक जनालाई जनही १ लाख रुपैयाँ नगदसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ ।
त्यसै गरी निर्णायक मण्डलको निर्णयकको  आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड पनि थपिएको छ । लक्स पपुलर च्वाइस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ ।

एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ प्रतिष्पर्धी छन् । अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यवस्था गरिएको छ ।

ताजा खबर