सन् २०१८ का प्रतिक्षित बलिउड फिल्म

मुम्बई । सन् २०१८ बलिउडको लागि राम्रो वर्ष हुने अनुमान लगाइएको छ । सलमान खान, अक्षयकुमार, अमिताभ बच्चन, शाहरुख खान, श्रीदेवी, दीपिका पादुकोण, आमिर खान, वरुण धवन, प्रियंका चोपडा लगायतका कलाकारहरुको फिल्महरु यही वर्ष प्रर्दशनमा आउँदैछन् । २०१८ मा प्रर्दशन हुने बलिउडका केही फिल्महरु यस्ता छन् :
२.०
एस शंकरले निर्देशन गरेका फिल्म ‘२.०’ जनवरी २५ मा प्रर्दशन हुँदैछ । रजनीकान्त, अक्षयकुमार, एमी ज्याक्सन लगायतले अभिनय रहेको फिल्मलाई अहिलेसम्मकै महँगो भनिएको छ । रोबर्टको सिक्वेल यो फिल्म पहिला अप्रिलमा प्रर्दशन गरिने भनिएता पनि अब यसलाई जनवरी २५ मै प्रर्दशन गरिदैछ ।
प्याडम्यान
आर बाल्कीको निर्देशनमा बनेको फिल्म ‘प्याडम्यान’ २६ जनवरीमा प्रदर्शन हुँदै छ । फिल्ममा अक्षय कुमार, राधिका आप्टे, सोनम कपुर र अभिताभ बच्चनले अभिनय गरेका छन् । तमिलनाडुका समाजसेवी अरुणाचलाम मुरुगानान्थमको जीवनीमा आधारित बायोग्राफी फिल्म हो प्याडम्यान ।
बागी–२
बागी कै सिक्वेलमा बन्न लागेको फिल्म ‘बागी–२’ अप्रिल २७ मा प्रर्दशन हुदैछ । बागीको सफलतापछि निर्माण गरिएको बागी–२ अहमद खानले निर्देशन गरेका हुन् । फिल्ममा टाइगर श्राफ र श्रद्धा कपुर मुख्य भुमिकामा देखिनेछन् ।
अक्टुबर
सुजित सरकार निर्देशन गरेको फिल्म ‘अक्टुबर’ १३ अप्रिलमा प्रर्दशन ग।िरने भएको छ । फिल्म सस्पेन्स कमेडीमा आधारित छ । फिल्ममा वरुण धवन र बन्दिता सन्धु मुख्य भूमिकामा छन् ।
परी
अनुष्का शर्मा मुख्य भूमिका रहेको फिल्म ‘परी’ फेब्रुअरी ६ मा प्रर्दशन हुँदैछ । प्रोसित रायको निर्देशनमा बनेको फिल्ममा अनुष्काका साथ परमव्रत चटर्जी छन् । अनुष्काको होम प्रोडक्सनमा बनेको फिल्ममा उनी आफैँ परीको भूमिकामा देखिएकी छिन् ।
हिच्की
रानी मुखर्जी अभिनीत फिल्म ‘हिच्की’ २३ फेब्रुअरीमा प्रदर्शन हुँदैछ । सिद्धार्थ पी मल्होत्राको निर्देशनमा बनेको हिच्की सन् २००८ को हलिउड फिल्म ‘फ्रन्ट अफ क्लास’बाट प्रभावित छ ।
कालाकान्डी
अक्षय बर्माको निर्देशनमा बनेको ‘कालाकान्डी’१२ जनवरीमा प्रर्दशन हुदैछ । फिल्ममा सैफअली खान, सोभिता धुलिपला, अमायरा दस्तुर, कुणाल राय कपुर र इशान तलवार मुख्य भूमिकामा छन् ।
१९२१
विक्रम भट्टले निर्माण गरेको हरर फिल्म ‘१९२१’ जनवरी १२ मै प्रदर्शन मा आउने भएको छ । फिल्ममा जरिन खान र करण कुन्द्रा मुख्य भूमिकामा छन् । १९२१ हरर फिल्मको चौथो सिरिज हो । एजेन्सीको सहयोग